पैसा/धन सम्बन्धि ७ बाइबलीय सिद्धान्तहरू
पैसा/धनको बारेमा धेरै गलत बुझाइहरू छन्। कोहि पैसालाई सर्वेस्व ठान्छन् कोहि चाहिँ पैसा रहितको जीवनमा धार्मिकता देख्छन्। पैसा या धन आफैमा नराम्रो होइन तर त्यसको दुरूपयोगले, त्यसको लोभले चाहिँ समस्या ल्याउँदछ। एक ख्रीष्टियनले बुझ्नुपर्दछ कि सबै थोक परमेश्वरकै हो। पैसा या धन पनि उहाँकै हो, उहाँकै लागि सदुपयोग गरिनुपर्दछ। पैसाको लोभमा परेर, परमेश्वरलाई बिर्सी पैसाको लागि मरिमेट्नु उचित होइन। साथै हात बाँधेर बस्नु, परिश्रम नगर्नु, आफ्नो जिविकाको लागि, परिवारको पालन-पोषणको लागि मेहनत नगर्नु पनि उचित होइन। परिश्रम गर्ने हो ताकि जिउन सकियोस्, जिउने हो ताकि ख्रीष्टको सेवा गर्न सकियोस्!
१. परमेश्वर नै सबै धनको श्रोत हुनुहुन्छ।(व्यवस्था ८:१८; भजनसंग्रह २४:१)
२. धनको सहि आर्जन हुन सक्दछ, हुनुपर्दछ। (२ थेस्सलोनिकी ३:१०)
३. धनको वचत गर्नु बुद्धिमानी हो। (हितोपदेश २१:२०; ६:६-८)
४. ऋणदेखि होसियार हुनुपर्दछ। (हितोपदेश २२:७)
५. धनमाथि भरोसा गर्दा नोक्सानी भोग्नुपर्ने हुन्छ। (१ तिमोथी ६:१७)
६. धनको उपयोगिता र सीमितताहरू जान्नुपर्दछ। (हितोपदेश ११:४, २८)
७. धनको सदुपयोग गर्न सकिन्छ र गर्नुपर्दछ। (१ तिमोथी ६:१७, १८; मत्ती ६:१९-२१)