अय्यूब पुस्तक सर्वेक्षण

लेखक
– मानविय लेखक अज्ञात छन्
लेखक सम्भवतः अय्यूब आफैँ हुन् ।

मिति
– यो पुस्तक बाइबलको सबै भन्दा पूरानो पुस्तक हुनसक्छ ।
– अय्यूब २००० इ.पू.तिर जिउथे–संभवतः अब्राहमको समयतिर ।
– त्यहाँ कानून, वासस्थान, पूजाहारी केहीको पनि उल्लेख छैन ।

विषयवस्तु
– यो पुस्तकले “धर्मी जनले किन कष्ट भोग्नुपर्छ” भन्ने प्रश्नको उत्तर दिन्छ । तीन उत्तरहरु दिइएका छन् ।
– एलिपज, बिल्दद र सोपर –(अध्याय ४–३१)
“सबै कष्टहरु पापहरुका लागी परमेश्वरको न्याय हो ।”
–यो गलत उत्तर हो ।
– एलिहू –(अ. ३२–३७)
“कष्ट सिकाउन र परिष्कृत गर्ने परमेश्वरको उपाय हो ।”
–यो उत्तर राम्रो हो , तर अपुर्ण छ ।
– परमेश्वर–(अ. ३८–४१)
“परमेश्वरमाथि भरोसा गर्नका लागी कष्ट जाँच हो, मुलतः उहाँ को हुनुहुन्छ भनेर होइन की उहाँले के गर्नसक्नुहुन्छ भनेर ।”
–यो सही उत्तर हो ।

रुपरेखा
– प्रस्तावना – अध्याय १–२
– संवाद – अध्याय ३–४२ः६
– निष्कर्ष – ४२ः७–१७

चाबी पद
“मेरा पाउ उँहाका पाइलाहरुको साथ लागेको छ, उँहाको मार्ग मैले पक्रेको छु, र यताउता लागेको छैन ।” अय्यूब २३ः१०

विशेष विशेषताहरु
– अøयूबको उदाहरण ः
–उसको धार्मिकता (इजिकिएल १४ः१४)
–उसको धैर्यता (याकूब १ः५)
– शैतानबाटको सिकाइ ः
–उसले परमेश्वरलाई हिसाब बुझाउनुपर्छ ।
–ऊ सर्वव्यापी, सर्वज्ञानी र सर्वशक्तिमान छैन ।

पुस्तकमा ख्रीष्ट
– अय्यूबले ख्रीष्टको चित्रण दिन्छ ः
–ऊ कष्टको समयमा धैर्यवान थिए ।
–ऊ उद्धार गरिएका र उच्च पारिएका थिए ।
–आफ्ना साथीहरुका लागी बिन्ती गरे । ( अय्यूब ४२ः१०)
– मध्यस्त (अय्यूब ९ः३३)–ख्रीष्ट पनि हाम्रो मध्यस्ता हुनुहुन्छ ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *