आमोस पुस्तक सर्वेक्षण

लेखक
– आमोस––उनको नामको अर्थ “बोझ बोक्ने” हुन्छ ।
– उनी भविष्यवक्ताको विद्यालयमा प्रशिक्षित थिएनन्, तर तकोका गोठाला थिए, जुन मृत सागरको पश्चिम तिरको उजाडस्थानमा पर्दछ (७ः१४–१५) ।
– उनले इस्राएलमा भविष्यवाणी गरे, तर ऊ यहूदाका निवासी थिए ।

मिति
– यो पुस्तक ७६५–७५५ इ.पू.मा लेखिएको थियो ।
– आमोशले त्यतिबेला प्रचार गरे जतिबेला इस्राएल आफ्नो शक्तिको पराकाष्ठमा थियो (६ः१) । उसको सेवकाइ होशेको भन्दा अघि थियो ।

विषयवस्तु
– मानिसको विशेषाधिकारको दुरुपयोग
– महान् विशेषाधिकारसँगै महान् जिम्मेवारीहरु आउँछ । इस्राएललाई अरु सबैलाई भन्दा ठूलो जिम्मेवारी दिइएको थियो (३ः१–२) ।
– न्यायको प्रतिज्ञा
– किनकि इस्राएलले परमेश्वरको, भविष्यवक्ताहरुद्वारा दिइएको वचनलाई इन्कार गरे, परमेश्वरले अब न्यायको आगो पठाउनुहुनेछ (२ः११,१२; ४ः२; ५ः२१–२७)
– यो साहूलको दर्शनमा स्पष्ट दर्शाएको थियो , इस्राएलले परमेश्वरको ईश्वरीय ओहोदसम्म पुगेको थिएन (७ः७–९)
– पूनःस्थापनाको आशा
– भविष्यको राज्यमा ख्रीष्टले इस्राएललाई पुनर्बहाल गर्नुहुनेछ, पहिलेका दिनहरुमा जस्तै (९ः११–१५) ।

रुपरेखा
१. आठ बोझहरु (अ. १–२)
२. तीन प्रवचनहरु (अ. ३–६) ।
३. पाँच दर्शनहरु (अ. ७–९) ।

चाबी पद
“यसकारण हे इस्राएल, म तिमीसित यसो गर्नेछु; मैले तिमीलाई यसो गर्ने हुनाले हे इस्राएल, आफ्नो परमेश्वरलाई भेट्न तयार होऊ ।” आमोस ४ः१२
विशेष विशेषताहरु
– परमप्रभु यसो भन्नुहुन्छ भन्ने वाक्यांश करिब ४० पटक प्रयोग गरिएको छ । आमोस अधिकारका साथ बोले, परमेश्वरको वचनको अधिकारका साथ ।
– पुस्तकमा एक अनुच्छेदको वृत्तान्तले आमोसको महान् कार्यको बयान गर्दछ (७ः१०–१७) ।

१. उसको बोलावट––“परमेश्वरले मलाई लिनुभयो”
२. उनको साहस –– “परमेश्वरको वचन सुन”
३. उनको विश्वास–– “यसकारण परमेश्वर भन्नुहुन्छ”

पुस्तकमा ख्रीष्ट
– आमोस आफैँले ख्रीष्टको चित्रण गर्दछन् ।
– उनी निम्न परिवारमा जन्मेका थिए । उनले सम्पूर्ण हृदयले परमेश्वरको वचनमा भर परे । उनलाई राजद्रोहको आरोप लगाइयो। उनलाई धार्मिक नेताहरुले निन्दा गरे ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *