उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय १-१०)

 उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय १-१०)

अध्याय १

बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदले ‘एलोहिम’ परमेश्वरलाई प्रस्तुत गर्दछ जसले सबै थोक सृष्टि गर्नुभयो। पहिलो पदले सारा भ्रमित विचारहरूको प्रतिवाद गर्दछ। “शुरूमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” – नास्तिकवादको प्रतिवाद – परमेश्वरले बनाउनुभयो। उहाँको अस्तित्वको उद्‍घोष गरिएको छ। बहुईश्वरवादको प्रतिवाद – एक मात्र परमेश्वर हुनुहुन्छ। विकासवादको प्रतिवाद – सृष्टि आफै भएन, परमेश्वरले बनाउनुभयो।

सृष्टिको वर्णन – परमेश्वरको बुद्धि र शक्तिको प्रस्तुति – “अति असल”

हाम्रो परमेश्वर सृष्टिकर्ता र सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ।

अध्याय २

सातौं दिनमा विश्राम – थकित भएर होइन; सातौं दिनलाई विशेष दिनको रूपमा अलग पारिएको;

मानव सृष्टिको विषयमा धेरै वादविवाद, तर सत्यताको सरलता कति गहन – परमेश्वरले मानिसलाई माटोबाट बनाउनुभयो र जीवनको सास फुकिदिनुभयो, र मानिस जिउँदो प्राणी भयो। सबै तर्क वितर्कको अन्त्य यसैमा होस्। एलोहिमले बोल्नुभएको छ, को मानिसले प्रतिवाद गर्ला?

अदनको बगैंचामा मानिसको स्वइच्छाको जाँच भयो।

पहिलो मानिस आदमको सुहाउँदो सहयोगि एक स्त्री आदमको करङबाट बनाइए; स्त्रीको नाम – हव्वा

आफ्नो उपासना स्वइच्छामा भएको परमेश्वर चाहानुहुन्छ।

अध्याय ३

शैतानद्वारा परीक्षामा परी हव्वा र आदमले परमेश्वरको आज्ञा तोड्छन्।

परेमश्वरको आज्ञा तोड्नु या उलङ्घन गर्नु नै पाप हो।

प्रतिज्ञा गरिएझैं मानिसको मृत्यु हुन्छ – परमेश्वरबाट अलग हुन्छन्

श्रापको सुरुवात, तर मुक्तिको प्रतिज्ञा पनि (३:१५)।

परमेश्वर न्यायी परमेश्वर हुनुहुन्छ र अनुग्रही पनि।

अध्याय ४

आदम र हव्वाका छोराहरू – कैन र हाबिल

परमेश्वरले तोकिदिनुभएको सहि बलिदान – थुमाको बलिदान

हाबिलको बलि ग्रहण, कैनको इन्कार

पहिलो हत्या – पापको घृणित रूप र प्रतिफलको प्रदर्शनी

कैनको न्याय – न्यायी परमेश्वरको न्यायबाट भाग्‍न सकिन्छ र? हाम्रो काम अनुसारको न्याय अवश्य पाउनेछौं।

परमेश्वरकहाँ आउन परमेश्वरकै तरिकामा आउनुपर्दछ।

अध्याय ५

पहिलो मानिस आदमको वंशावलीको वर्णन – फल्दै फुल्दै र वृद्धि हुँदै जानु परमेश्वरको योजना;

त्यस समयका मानिसहरूको आयु लामो थियो; क्रमिक रूपमा घट्दै गएको – पापको प्रतिफल;

हनोकको असल नमुना – परमेश्वरको साथ विश्वासयोग्य भएर हिँडिरहे; परमेश्वरलाई प्रशन्न बनाए (हिब्रू ११:५)।

परमेश्वरको साथ साथ हिँड्नु नै हाम्रो पहिलो सेवाकाइ हो।

अध्याय ६

मानिस झन् खराब र झन् दुष्ट हुँदै गईरहे – पापले अवनोति ल्याउँछ;

नूह र उनको परिवार बाहेक अरू सबैलाई जलप्रलयद्वारा नाश गर्ने परमेश्वरको योजना

कहिल्यै पनि पानी परेको थिएन; पृथ्वी पानीले भरिएर डुबान हुने कुरा हाँस्यासपद थियो।

तरै पनि गिल्ला र प्रतिकुल अवस्थाबीच पनि परमेश्वरको आज्ञा अनुसार नूहले जहाज बनाए

परमेश्वरको आज्ञा सधैं जाहेज नलाग्ला, तर जस्तो सुकै परिस्थितिमा पनि आज्ञाकारि हुनु नै उचित हो।

अध्याय ७

परमेश्वरले भन्नुभएझैं जलप्रलय आयो – परमेश्वर मानिसको सन्तान हुनुहुन्छ र? उहाँ ढाँट्नुहुन्न!

सबै प्राणीहरूबाट दुई-दुई गरी नूहको जहाजमा लगिए – आज पनि विभिन्न प्राणीहरू जीवित

बाहिर डरलाग्दो विनाश भइरहँदा, जहाजभित्रकाहरू पूर्ण रूपमा सुरक्षित थिए

नूहको जहाजले येशू ख्रीष्टको चित्रण दिन्छ – परमेश्वरको न्यायबाट ख्रीष्टले मात्रै बचाउन सक्नुहुन्छ। जलप्रलयको बेलामा सबैभन्दा अग्लो रूख या पहाडले पनि बचाउन सकेन। कुन देवताहरूमाथि हाम्रो भरोसा? परमेश्वरको डरलाग्दो न्यायबाट बचाउन सक्लान्?

परमेश्वरको न्यायबाट उम्कने उपाय एउटै मात्र छ – परमेश्वरले तोकिदिनुभएको उपाय!

अध्याय ८

जलप्रलयको अन्त्य हुन्छ – न्याय पूरा भयो। न्याय पूरा हुँदा सारा पृथ्वी नै सखाप भयो। परमेश्वरको न्याय पूरा हुने दिन आउँदैछ। उहाँको न्याय पूरा भइसक्दा पनि हामी जीवित नै हुन्छौं होला? जहाजभित्रकाहरू सबै जीवित नै थिए।

तोकिएको समयमा परमेश्वरले हरेक मानिसको न्याय गर्नुहुनेछ।

अध्याय ९

जलप्रलयबाट फेरि अब कहिल्यै सर्वनाश नहुने परमेश्वरको वाचा; वाचाको चिन्ह – इन्द्रेणी

नूहका छोराहरू – शेम, हाम र येपेत; यी छोराहरूबाट नै आजका विभिन्न जातिहरूको सुरुवात

शेम र येपेत आशिषित, तर हाम (कनान) श्रापित

मानिसको पतनपछि फेरि दोस्रो मौका मिल्यो। नूहद्वारा मानिस जातिले दोस्रो मौका पाए।

परमेश्वर दयालु र अनुग्रही हुनुहुन्छ। उहाँ दोस्रो मौकाको परमेश्वर हुनुहुन्छ।

अध्याय १०

नूहका छोराहरूको वंशको विवरण

नूहका सन्तानबाट पृथ्वीका विभिन्न जातिहरूको सुरूवात भयो

नूह र नूहको परिवारबाट नै सारा पृथ्वी फेरि भरिए – परमेश्वरको योजना कायम रह्यो

सारा दुष्टता र प्रतिकुल परिस्थितीबीच पनि परमेश्वरको योजना अघि बढिरहन्छ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *