उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय ११-२०)

 उत्पत्ति संक्षिप्त टिप्पणी (अध्याय ११-२०)

अध्याय ११

परमेश्वरको त्यो भयानक जलप्रलयको न्यायलाई मानिसहरूले कति छिटो बिर्सिहाले

परमेश्वरको इच्छाः मानिस पृथ्वी भरि फिजिउन्; मानिसको योजनाः एउटै ठाउँमा बसौं

परमेश्वरलाई बहुवाचक भाषामा प्रस्तुत गरिएको छ (पद ७) – त्रिएकताको एउटा प्रमाण

परमेश्वरले फेरि मानव इतिहासमा हस्तक्षेप गर्नुहुन्छ; भाषा खलबल – बाबेल

मानिसहरू पृथ्वीभरि तितर बितर हुन्छन् – परमेश्वरको इच्छा पूरा हुन्छ

मानिसहरूको काम र जीवन परमेश्वरको इच्छा अनुसार नहुँदा उहाँले हस्तक्षेप गर्नुभयो; हाम्रो जीवनमा पनि परमेश्वरको हस्तक्षेप छ कि? पावलको जीवनमा पनि भयो (प्रेरित ९)

आफ्नो उद्देश्य पूरा गर्न परमेश्वरले हस्तक्षेप पनि गर्नुहुन्छ।

अध्याय १२

अब्रामबाट हिब्रु जातिको सुरूवात; सारा संसारलाई परमेश्वर चिनाउन यस विशेष जाति चुनियो

आफ्नो सम्पूर्ण थोक त्यागी परमेश्वरलाई अज्ञात गन्तव्यमा पछ्याउन अब्राम तयार भए – विश्वासैद्वारा

विश्वासको यात्रामा अघि त बढे तर अनिकाल आउँदा अब्राम आँत्तिए; समस्या आउँदा आफ्नै बुद्धि र उपायमा भर पर्दा अब्रामले एक पछि अर्को गर्दै गलत निर्णयहरू गर्न पुगे

हाम्रो यहोवा यिरे परमेश्वरले घटिकमिहरूमा सहायता गर्न सक्नुहुन्न र? हाम्रो बुद्धि र उपाय भन्दा परमेश्वरको बुद्धि र योजना सधैं उत्तम हुँदैनन् र?

कठिनाइ अवस्थाहरूमा आफैमा होइन तर महान् परमेश्वरमा भरोसा गर्नु नै बुद्धिमानि हो।

अध्याय १३

अब्राम र लूत छुट्टिए; लूतले सदोम र गमोरा तिरको मैदान मिश्र देशजस्तो देखे (पद १०)

लूत मिश्रबाट निक्लिसकेका थिए (पद १) तर मिश्र देश उनीबाट निक्लिसकेको थिएन

संसारको प्रभाव र पकड अझै पनि हाम्रो जीवनमा केहि मात्रामा बाँकि नै छ कि?

लूत पापसँग जिस्किन या खेल्न तयार भए। आफ्नो पाल दुष्ट शहरहरूसम्मै टाँगे – परिणाम राम्रो भएन

आगोसँग खेल्ने मान्छे दाग या गन्ध रहित उम्कला? पापसँग जिस्कदा र खेल्दा चोट नपाई उम्किइन्न

लूतले आँखाद्वारा निर्णय लिए। हामी पनि धेरैपटक आफ्नो भावना या शारिरीक अभिलाषाहरू अनुसार निर्णय लिन पुग्छौं कि?

भावना र अभिलाषाद्वारा होइन, तर सधैं परमेश्वरको वचन अनुसार निर्णय लिनु पर्दछ।

अध्याय १४

शालेमका (शान्तिका) राजा मेल्किसेदेक येशू ख्रीष्टको चित्रण – ख्रीष्ट शान्तिका राजकुमार (यशैया ९:६), र महापूजाहारी हुनुहुन्छ। (हिब्रु ७:१-३)

सुरूमा लूत सदोमको नजिक बस्थे (१३:१२) तर पछि त सदोममै बस्न थाले (१४:१२)

पापले क्रमिक रूपमा विनाशतर्फ खिँच्छ।

अध्याय १५

अब्रामसँग आफ्नै सन्तान थिएन, उनीसँग धेरै जातिहरूको पिता हुने प्रतिज्ञामात्रै थियो।

तर यो प्रतिज्ञा यहोवा परमेश्वरको प्रतिज्ञा थियो जसले वाचा सधैं पूरा गर्नुहुन्छ।

सबै कुराहरू तत्कालनै प्रष्ट नहोलान्, तर परमेश्वरको प्रतिज्ञा छ भने हामी ढुक्क हुन सक्छौं।

अध्याय १६

अविश्वासद्वारा सारैले परमेश्वरको योजना विपरित shortcut/छोटो बाटो लिन खोजे; परमेश्वरको प्रतिज्ञामा स्थिर हुनुको साटो आफ्नै योजनामा हागारमार्फत सन्तान पाउने उपाय गरिन्

यसको प्रतिफल राम्रो भएन; जीवनभरि, पुस्ता-पुस्ता र आजसम्म नै यो गलत निर्णयको प्रभाव महसुस गरिन्छ – इश्माएल र इसाहाकका सन्तानहरूबीच लडाई-झगडा यथावत छ

परमेश्वरको काममा shortcut/छोटो बाटो हुँदैन। धीरज धरौं, विश्वास गरौं – परमेश्वरको काम उहाँको आफ्नो समयमा सुन्दर तरिकाले पूरा हुनेछ।

अध्याय १७

अब्रामसँगको परमेश्वरको वाचा नविकरण गरिन्छ।

खतना गरियोस् भन्ने परमेश्वरको आज्ञा; हिब्रु जातिको चिन्ह – खतना;  हिब्रुहरू अरु जाति भन्दा अलग हुनुपर्थ्यो। खतनाले हिब्रुहरू र अन्य जातिहरूकोबीचमा भिन्नता देखाँउथ्यो

परमेश्वरका जनहरू अरू जातिहरू भन्दा फरक हुन्छन्। विश्वासी र अविश्वासीबीच भिन्नता देखिनुपर्छ।

अध्याय १८

अब्राहामले तीन मानिसहरूलाई स्वागत गर्छन् – पाहुना सत्कारको राम्रो उदाहरण

दुष्टहरूसँगै आफ्ना जनहरूलाई नष्ट नगर्ने परमेश्वरको वचन

न्यायको दिनमा दुष्टहरू नष्ट हुन्छन् तर परमेश्वरको जनहरू सुरक्षित रहन्छन्।

अध्याय १९

सदोम र गमोरामाथि परमेश्वरको न्याय – आगोद्वारा विनाश

परमेश्वरले पर्खनुहुन्छ र ठीक समयमा आफ्नो न्याय गर्नुहुन्छ

लूत र उनको परिवार आगोबाट बचाइए तर उनीहरूले आफ्नो घर, सम्पत्ति र सब थोक गुमाए

मुक्ति गुमाइन्न तर इनाम गुमाइन सकिन्छ।

अध्याय २०

१२ अध्यायमा झैं अब्राहामले फेरि पनि त्यही गल्ती दोहोर्याउँछन्। हाम्रो ठूलो समस्या – बिर्सनु

अन्य जातिबाट अब्राहाम हप्काइन्छन् (पद १६); परमेश्वरको जनको दुख लाग्दो अवस्था- खराब साक्षी

हाम्रो जीवनको विषयमा हर घडि होसियार रहौं। असल साक्षी कायमै राखौं।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *