उपदेशक पुस्तक सर्वेक्षण

 

लेखक
– मानव लेखक सोलोमन हुन्, यरुशलेमका राजा, दाऊदका पुत्र, (१ः१)

मिति
– यो पुस्तक इ.पू. ९३५मा लेखिएको थियो, जतिबेला उनी बृद्ध र चिन्तनशिल थिए, आफ्नो विगतको जीवनलाई नियाल्दै थिए ।

विषयवस्तु
“सूर्यमूनिको जीवन व्यर्थ छ”
– सूर्यमूनि — परमेश्वरसँग कुनै सम्बन्ध नराखी संसारमा जिउनु
– व्यर्थ —शून्यता; दिगो पूर्तिको

शुन्य
– सोलोमनको जीवनमा धेरै कुराहरु थिए तर पनि उनी रित्ता राजा थिए ।
– उनीसँग बेजोडको बुद्धि थियो (१ः१६–१८) ।
– उनीसँग असिमित खुशि थियो (२ः१–३) ।
– उनीसँग सर्वाेत्कृष्ट उपलब्धिहरु थिए (२ः४–७)
– उनीसँग अकल्पनीय सम्पत्ति थियो (२ः८–१०)
– सोलोमनले आफ्नो जीवनलाई नियाले र भने : “सबै ता व्यर्थ र आत्माका खिन्नता मात्र रहेछन् ” (हे. २ः११,१७) । यो प्रवचनको मुख्य विषय हो –परमेश्वरबाट अलग भएका सबै व्यर्थ छन् ।
– सोलोमनको जीवन सम्बन्धी अन्तिम निष्कर्ष उपदेशक १२ः१३मा पाउन सक्छौँ । “परमेश्वरको भय मान, र उहाँका आज्ञाहरु पालन गर ।”

रुपरेखा
– सर्वाेत्तम कुराहरुको खोजी व्यक्तिगत अनुभवबाट (अ.१–२)
– सर्वाेत्तम कुराहरुको खोजी साधारण अवलोकनबाट (अ.३–५)
– सर्वाेत्तम कुराहरुको खोजी व्यवहारिक नैतिकताबाट (अ. ६–८)
– सर्वाेत्तम कुराहरुको खोजको समिक्षा र निष्कर्ष (अ. ९–१२)

चाबी पद
“सूर्यमूनि गरिएका सबै कामहरु मैले देखेको छु ; अनि हेर, सबै कुराहरु व्यर्थ र आत्माको खिन्नता हुन् ।” उपदेशक १ः१४

विशेष विशेषताहरु
– ३ पुस्तकहरु— अøयूब, हितोपदेश र उपदेशक—बुद्धिका पुस्तकहरु भनिन्छ । यी सबै पुस्तकहरुले साँचो बुद्धि परमेश्वरको भयद्वारा आउँछ भनी सिकाउदछ ।

पुस्तकमा ख्रीष्ट
– सोलोमनको प्रवचनको एउटै मात्र उत्तर येशू ख्रीष्ट आफैँ हुनुहुन्छ । सूर्यमुनिको जीवन असन्तोषजनक र अस्थायी छ । ख्रीष्टमा प्रशस्त र अनन्त जीवन छ (यूहन्ना ३ः१६, १०ः१०)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *