एक जाति
आन्सर्स पत्रिका, अप्रिल २०१०
बाबेलमा छरेर गएका परिवारहरूले विभिन्न किसिमका जीव शुक्रामुणाहरू (Genes) लिएर गए। तर उनीहरूका शारिरीक भिन्नता भने निम्न थियो। हामी सबैमा उहि खैरो रङ् आउने तत्व हुँदछ र हामी सबै एकै जातिमा आबद्ध छौं – मानव जाति – आदमबाट शुरूभएको जाति।
के तपाईले कहिल्यै मान्छेहरूलाई हेर्ने क्रममा उनीहरू कति फरक फरक हुन्छन् भनी विचार गर्नु भएको छ? कति धेरै आकारहरू, रङ्गहरू र विभिन्न कदहरू! मेरो चाइनाबाटको धर्म छोरी भएको परिवार तस्वीरहरूमा, यी विभेदताहरू सजिलै देख्न सकिन्छ। मेरो छोरीले तपाईलाई भन्नेछ कि मेरो आँखाहरू उसको भन्दा गोलाकार छ र मेरो छाला हल्का खैरो छ। यदि सबै मानिसहरू आदम र हव्वाबाट आएका हुन् भने जसरी बाइबलले प्रष्ट पार्दछ (उत्पत्ति ३:२०; १ कोरिन्थी १५: ४५), किन हामी फरक फरक देखिन्छौं?
बाइबलले उत्तरहरू दिँदछ। आदम र हव्वालाई प्राय सेतो छाला र खैरो कपाल भएको देखाइन्छ, यो उपयुक्त देखिँदैन। धेरै किसिमका छाला रङ्गहरू एउटै जोडीबाट निकाल्न, आदम र हव्वाको छाला मध्य-खैरो रङ्ग भएको हुनुपर्छ। यदि आदम र हव्वाको जीव शुक्रामुणाहरू हल्का रङ्ग र गाढा रङ्गका मिश्रित भएको भए, उनीहरूका सन्तानहरूका छालाका रङ्गहरू हल्का देखि लिएर गाढासम्मका धेरै किसिमका रङ्गहरू हुन सक्थ्यो, अनि सर्वाधिक मानिसहरू दुई रङ्गका बीचमा हुनेथिए (जो आज हामी यस संसारमा देख्छौं)। आदम र हव्वासँग आँखाको आकार लगायत विभिन्न चरित्रहरूका विभिन्न जीव शुक्रामुणाहरू पनि थिए।
जसरी मानिसहरू बाबेलबाट सरे, विभिन्न समूहहरू एक अर्काबाट अलग भए र सम्भवत आफ्नै भाषा समूहभित्र मात्रै विवाह गरे। हरेक समूहमा उनीहरूको जीव शुक्रामुणाहरूद्वारा निर्देशित निश्चित शारिरीक चरित्रहरू थिए। एक समूहमा थोरै जीव शुक्रामुणाहरूको संकलन भएको हुनाले जसरी विवाहवारीहरू हुँदै गए निश्चित गुणहरूको अभिपत्या बढ्दै गयो। समय बित्दै जाँदा, विभिन्न समूहरूले आ-आफ्ना विशेष शारिरीक गुणहरू देखाउँन थाले। उदाहरणको लागि, एसियनहरूका प्राय हाडे बदाम आकारका आँखाहरू, गाढा रङ्गको कपाल, मध्य-खैरो छाला हुन्छ भने यूरोपियनहरूका गोलाकार आँखाहरू, हल्का रङ्गको कपाल र छाला हुन्छ।
जाति भन्ने शब्द प्राय मानिसका शारिरीक गुणहरूको आधारमा मात्रै प्रयोग गर्ने गरिन्छ। विकासवादका विचारहरू अनुसार यी विभिन्न जातिहरू विभिन्न पूर्खाहरूबाट आए जो स्थान र समयको कारण छुट्टिएका थिए। तर बाइबलको इतिहास अनुसार, जाति भन्ने शब्द गलत हुँदछ। हामी सबै एकै जाति हौं (“एक रगत” प्रेरित १७:२६), मानव जाति, दुई पूर्खाबाट आएको – आदम र हव्वा।
जब हामी परमेश्वरको वचनमा साहस र निश्चयतासाथ अडिन्छौं, तब हामी मानव जातिको एकता र विभेदता सहि रूपमा बुझ्न सक्छौं।
(अनुमतिद्वारा अनुवादित)
Copyright © Answers in Genesis. All Rights Reserved. Translated and used by permission of Answers in Genesis. (Answers® and Answers in Genesis® are registered trademarks of Answers in Genesis, Inc.) For more information regarding Answers in Genesis, go to www.AnswersinGenesis.org, www.CreationMuseum.org and www.ArkEncounter.com.