बाइबल संक्षेपमा
बाइबल परमेश्वरको वचन हो। परमेश्वरले करिब ४० मानवीय लेखकहरू प्रयोग गरी आफ्ना सत्यताहरू हामी मानिसलाई प्रकट गर्नुभयो। बाइबल लेखन कार्य लगभग १६०० वर्षको अवधिमा पूरा भयो। आज हामीसँग पूरा लिखित परमेश्वरको वचन उपलब्ध छ। बाइबलमा परमेश्वरको विषयमा सम्पूर्ण सत्यताहरू छैनन् तर जति हामीले जानेको प्रभुले चाहानुभयो त्यति प्रकाश भएका छन्। बाइबलका ६६ पुस्तकहरूलाई दुई खण्डमा राखिन्छ – पुरानो नियम र नयाँ नियम। पुरानो नियममा ३९ पुस्तकहरू छन् र नयाँ नियममा २७ पुस्तकहरू। |
जसरी एक स्वास्थ्य शरीरका निम्ति हरेक भिटामिन अत्यावश्यक भएझैं हामीलाई बाइबलका हरेक पुस्तकको शिक्षाहरू अत्यावश्यक छन्। परमेश्वरको वचन बाइबलको ज्ञानमा बढ्दै हामी दिनानुदिन ख्रीष्टको प्रतिरूपमा बढ्दै जान्छौं। बाइबल अध्ययनको लागि हामीले उत्कट चाहाना र तृष्णा राख्दै यस कार्यमा मेहेनत गर्नुपर्दछ। यसैमा हाम्रो आशिष र भलाइ छ। बाइबल अध्ययनलाई सहज बनाउन तलका विभाजनहरूले सहायता गर्दछः पुरानो नियमको विभाजन – |
५ | १२ | ५ | ५ | १२ |
व्यवस्थाका पुस्तकहरू | इतिहासका पुस्तकहरू | काव्य पुस्तकहरू | ठूला भविष्यवक्ताहरू | साना भविष्यवक्ताहरू |
उत्पत्ति – व्यवस्था | यहोशू – एस्तर | अय्यूब – श्रेष्ठगीत | यशैया – दानिएल | होशे – मलाकी |
नयाँ नियमको विभाजन –
४ | १ | ९ | ४ | ८ | १ |
सुसमचारका पुस्तकहरू | इतिहासको पुस्तक | ख्रीष्टियन मण्डली पत्रहरू | पास्टरीय पत्रहरू | हिब्रू ख्रीष्टियन मण्डली पत्रहरू | भविष्यवाणीको पुस्तक |
मत्ती – यूहन्ना | प्रेरित | रोमी – २ थेस्सलोनिकी | १ तिमोथी – फिलेमोन | हिब्रू – यहूदा | प्रकाश |
हामी हरेक विश्वासी परमेश्वरको ज्ञानमा बढ्दै जानुछ। तपाईको यस उद्देश्यमा परमेश्वरले आशिष दिनुभएको होस्!
Post Comment