एस्तर पुस्तक सर्वेक्षण

लेखक
– लेखक अज्ञात छन्, तर फारसमा बस्ने यहुदी हुने सम्भावना छ, (सम्भवतः मोर्दकै)

मिति
– करिब ४५० इ.पू. मा लेखियो ।
– १२–२० वर्षको अवधिलाई समेट्छ जब अहासुरस फारसका राजा थिए ।

विषयवस्तु
“परमेश्वर सधैँ काममा हुनुहुन्छ”
– एस्तरको पुस्तक पूरानो नियमको रोमी ८ः२८ हो ।
– यो पुस्तकले दुई मुख्य सत्यताहरु प्रकट गर्दछ :
– परमेश्वरले बाकी रहेको यहूदीहरुलाई त्यत्ति नै वास्ता गर्नुहुन्छ जति फर्केर गएका यहूदीहरुलाई गर्नुभयो ।
– उहाँको नाम नलिइदा पनि परमेश्वर उपस्थित हुनुहुन्छ ! (यस पुस्तकमा परमेश्वरको नाम लिइएको छैन, तर पनि निश्चय नै उहाँ काम गर्दैहुनुहुन्छ ।

रुपरेखा
परमेश्वर अदृश्य भएर हेर्दै हुनुहुन्छ
क. संकटमा आशा (अध्याय १–५)
ख. संकटमाथि विजय (अध्याय ६–१०)

चाबी शब्दहरु
“छुटकारा”

चाबी पद
एस्तर ४ः१४
“किनकि यस बेला तिमी बिलकुल चुप लागिरह्यौ भने यहूदीहरुका निम्ति अर्काे ठाउँबाट सहायता र छुटकारा खडा हुनेछ ; तर तिमी र तिम्रा बाबुको घराना नाश हुनेछौ ; अनि कसले जान्दछ, यस्तै सयमका निम्ति तिमी राजपदमा पुगेकी हौ कि ?”

विशेष विशेषताहरु
– यो कथा एज्रा अध्याय ६ र ७ को बिचमा उपयुक्त हुन्छ ।
– यस कथाका मुख्य चरित्रहरु :
 – राजा अहासुरस
 – वस्ती
 – एस्तर
 – मोर्दकै
 – हामान
– यस पुस्तकमा हामी सुरक्षारात्मक वास्ताको बारेमा सिक्न सक्छौँ ।
– परमेश्वरको स्थानहरु
– परमेश्वरको व्यवस्था (प्रदान)
– परमेश्वरको सुरक्षा
– परमेश्वरको रोकथाम
– परमेश्वरको संरक्षण

पुस्तकमा ख्रीष्ट
१. मोर्दकैले ख्रीष्टको चित्रण दिन्छ — उनी तुच्छ गनिएका थिए तर अन्तमा उनी सम्मान पाए ।
२. एस्तरले ख्रीष्टको चित्रण दिन्छ — उनले आफ्ना मानिसहरुका लागी आफैलाई मृत्युको मुखमा पुर्याइन; उनी वकिल थिइन् ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *