ओबदयाह पुस्तक सर्वेक्षण

लेखक
– ओबद्याह– अर्थ “परमप्रभुको उपासक वा दास” ।
– यो साधारण हिब्रु नाम थियो, र बाइबलमा धेरै पटक उल्लेख पनि छ तर यो चाहिँ यस भविष्यवक्ताको विशेष सन्दर्भ हो ।
– ओबद्याहलाई “पद्यात्मक न्यायको भविष्यवक्ता” पनि भनिन्छ ।

मिति
– यो पुास्तक ५९७ इ.पू.मा लेखिएको थियो, बेबिलोनीहरुद्वारा यरुशलेम पूर्ण रुपमा विनाश हुनुभन्दा केही वर्ष अघि मात्र । (हे. भजन १३७ः७)

विषयवस्तु
– यो पुस्तकएदोमको न्यायको विषयमा लेखिएको हो, एक शत्रु राज्य जुन यहूदाको दक्षिणीतिर चट्टानी भूभागको सेइर पहाडमा अवस्थित छ ।
– एदोमीहरु, जो एसावका सन्तानहरु हुन्, तिनीहरुका भाइ याकुब (इस्राएल) का विरोधी थिए (यहूदाका राज्य) ।
– दुई महान् सत्यताहरुमा जोड दिइएको छ :
– “पतन अघि घमन्ड आउँदछ” (हितोपदेश १६ः१८) ।
– एदोमको धेरै खराबीहरु भए तापनि, ती सबको जरा घमन्ड थियो (पद ३) ।
– एदोमको घमन्डले उनीहरुलाई झुटो सुरक्षाको अनुभुति दियो (पद ३,४)।
– “मानिसले जे छर्छ, त्यसैको कटनी गर्नेछ ।” (गलाती ६ः७)
– जसरी एदोमले यहूदासँग क्रुरतापूर्वक व्यवहार ग¥यो, त्यसरी नै उसको न्याय पनि क्रुरतापूर्वक गरिनेछ (पद ९–१०, १५–१६) ।

रुपरेखा
१. एदोमको विनाश (पद १–१६)
२. इस्राएलको मुक्ति (पद १७–२१)

चाबी पद
“हे चट्टानका धाँदाहरुमा बस्ने, तेरो वासस्थान अग्लो ठाउँमा छ, तेरो हृदयको घमन्डले तँलाई धोका दिएको छ, तैँले आफ्नो हृदयमा भन्छस् : ‘कसले मलाई भुइँमा झार्छ ?’” ओबद्याह ३

विशेष विशेषताहरु
– एदोमको राजधानी सेला वा पेट्रा थियो । यो शहर पराजित गर्न नसकिने गढको रुपमा थियो । यो सेइर पहाडको चट्टानहरुका घाटीमा बनिएको थियो ।
– एदोमका मानिसहरु, आफ्ना पिता एसाब जस्तै, जब्बरका लागी चिनिन्थे । तिनीहरु घमन्डी, अपवित्र, डरलाग्दो र क्रुर थिए ।
– एदोमले प्राकृतिक मानव र स्वार्थी जीवनको प्रतिक दिदछ । याद गर्नुहोस् , कसरी यो शारीरिक राज्यको बयान एक शारीरिक मानिससँग समानान्तर हुन्छ ।

पुस्तकमा ख्रीष्ट
– ख्रीष्ट, “राज्य”को “परमप्रभु” हुनुहुन्छ ।
– उहाँले आफ्ना शत्रुहरुलाई नाश गर्नुहुनेछ ।
– उहाँले सियोन पर्वतमा राज्य गर्नुहुनेछ ।
– उहाँले इस्राएल राज्यको पुनःस्थापना गर्नुहुनेछ ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *