जकरिया पुस्तक सर्वेक्षण

लेखक
– जकरिया – उनको नामको अर्थ हुन्छ, “परमेश्वर सम्झनुहुन्छ” ।
– जकरिया १ः१ मा दिइए वंशावली अनुसार उनी पुजाहारी थिए ।
– उनी भविष्यवक्त हुनका लागी हाग्गै भन्दा २ महिना पछि बोलाइए । (हाग्गै १ः१ र जकरिया १ः१)

मिति
– अध्याय १–८ सम्भवतः मन्दिरको निर्माणको समयमा लेखिएको थियो (५२०–५१६ इ.पू.) र अध्याय ९–१४ मन्दिरको समापन पछि लेखिएको थियो ।

विषयवस्तु
“मेरो घर निर्माण हुनेछ”
– जकरिया हाग्गैका सहकर्मी भविष्यवक्ता थिए । दुवैले ती फर्किएर आएका यहूदीहरुलाई मन्दिरको पुननिर्माणको लागी झकझकाउन प्रचार गरे ।
– यो पुस्तक महान् उत्साहको सन्देश हो । यसले कसरी मानिसले कार्य पूरा गर्न सक्छ भनी देखाउदछ ः
– परमेश्वरको कृपा तिनीहरुमा थियो । (हे. १ः१४, १६,२ः८)
– परमेश्वरको उपस्थिति तिनीहरु माझ थियो । (२ः१०–१२)
-परमेश्वरको सामथ्र्य तिनीहरु माझ थियो । (४ः६)
– परमेश्वरको प्रतिज्ञा तिनीहरु माझ फैलिएको थियो । (८ः१–८)
य यदि ती फर्किएकाहरुले यी कुराहरु विश्वास गरेका भए, तिनीहरुले पहिलो पटक पनि निर्माण कार्य रोक्ने थिएनन् ।

रुपरेखा
– प्रारम्भिक भविष्यवाणीहरु – मन्दिर पुननिर्माण भइरहेको (अ. १–८)
– पछिल्लो भविष्यवाणीहरु – मन्दिर पुननिर्माण पश्चात (अ. ९–१४)

चाबी पद
“तब तिनले जवाफ दिएर मलाई यसो भने ः जरुबाबेलका निम्ति योचाहिँ परमप्रभुको यसो भन्ने वचन हो ः न बलद्वारा, न शक्तिद्वारा, तर मेरो आत्माद्वारा सेनाहरुको परमप्रभु भन्नुहुन्छ ।” जकरिया ४ः६

विशेष विशेषताहरु
– लघु भविष्यवाणीमध्ये यो सबैभन्दा लामो पुस्तक हो ।
– यस पुस्तकमा करिब ७ फरक दर्शनहरु छन् । यी न्यायका दर्शन होइनन् । यी प्रत्येक प्रोत्साहनका निम्ति यहूदीहरुलाई दिइएका हुन् ।
– यो वाकांश “सेनाहरुको परमप्रभु यसो भन्नुहुन्छ ” ५२ पटक यस पुस्तकमा पाइन्छ । यसको अर्थ स्वर्गका सेनाहरुको परमप्रभु भन्ने हुन्छ ।

पुस्तकमा ख्रीष्ट
– जकरियामा ख्रीष्टको बारेमा अन्य पुस्तकमा भन्दा धेरै भविष्यवाणी पाइन्छ, यशैया बाहेक । जस्तै ः
१. हाँगा (३ः८)
२. पूजाहारी र राजा (६ः१३)
३. छेडिएका (१२ः१०)
४. तितरबितर भएका गोेठाला (१३ः७)
५. सम्पूर्ण पृथ्वीका राजा (१४ः९)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *