दानियल पुस्तक सर्वेक्षण

लेखक
– दानिएल––उनको नामको अर्थ परमप्रभु मेरा न्यायधीस हुनुहुन्छ ।
– बेबिलोनीहरुले यरुशलेमलाई पहिलो पटक विनाश गर्दा उनी कैदमा लगिए । (इ.पू. ६०५)
– प्रेरितहरुमा यूहन्ना जे हुन्, भविष्यवक्ताहरुमा दानिएल त्यही हुन् ।दुवै “प्रिय” थिए, दुवैले परमेश्वरको दर्शन पाए ।
– दानिएल अटुट भक्तिको चित्र हो । दानिएल बाइबलका त्यस्ता थोरै व्यक्तिहरुमध्येका हुन्, जसको बारेमा केही पनि खराब भनिएको छैन ।

मिति
– दानिएलले कैदको पूरा ७० वर्ष सेवकाइ गरे र करिब ९० वर्षसम्म बाचे।
– उनले यो पुस्तक करिब ५३० इ.पू.मा लेखे ।

विषयवस्तु
– दानिएलको भविष्यवाणीहरुले अन्यजातिहरुका राज्यका बृद्धि र पतन तथा आउँदै गरेको परमेश्वरको राज्यलाई प्रकट गराउँदछ । पृथ्वीको सबै राज्यहरुको अन्त्य हुन्छ तर परमेश्वरको राज्य सदासर्वदा रहन्छ।
– दानिएल अन्यजातिहरुको समयको भविष्यवक्ता थिए (हे.लूका २१ः२४) । यो समय अवधिचाहिँ अन्यजातिहरुका राज्यहरुले इस्राएलमाथि अधिकार गर्ने समय हो । यो बेबिलोनीको कैदबाट आरम्भ भयो र यो तब सकिनेछ जब ख्रीष्ट शासन गर्न दोस्रो पटक आउनुहुनेछ ।

रुपरेखा
परिचय—यहुदीहरु अन्यजातिको संसारमा (अ. १)
– ऐतिहासिक विवरण – अन्यजातिका राज्यहरु (अ. २–७)
– भविष्यका दर्शनहरु – यहूदीहरुका राज्यहरु ( अ. ८–१२)

चाबी पद
“अनि ती राजाहरुका दिनहरुमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ , जो कहिल्यै नष्ट हुनेछैन् ; अनि त्यो राज्इ अरु कुनै जातिको हातमा छोडिनेछैन, तर त्यसले ती सबै राज्यहरु टुक्रा टुक्रा पारेर नाश गर्नेछ ; अनि त्यो सदा–सर्वदा स्थिर रहनेछ ।” दानिएल २ः४४

विशेष विशेषताहरु
– नबकुदनेसरको सपनाको अर्थले यस पृथ्वीमा अन्यजातिहरुको प्रभुताको खुलासा गर्दछ । (२ः३१–४५)
– यो पुस्तक अलौकिक कुराहरुले भरिएको छ ( आगोको भट्टी, सिंहको खोर, भित्ताको लेखोट, आदि)
य यी आश्चर्यकर्महरु चिन्ह हुन् :
– अविश्वासी यहूदीहरुलाई निरुत्साहित गर्न
-अविश्वासी अन्यजातिहरुलाई स्वीकार गराउन

पुस्तकमा ख्रीष्ट
– ख्रीष्ट चट्टान हुनुहुन्छ (२ः३५,४५) ।
– ख्रीष्ट अति प्राचिन हुनुहुन्छ (७ः९) ।
– ख्रीष्ट शासकहरुका पनि शासक हुनुहुन्छ (८ः२५) ।
– ख्रीष्ट मसिही हुनुहुन्छ (९ः२५) ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *