नहूम पुस्तक सर्वेक्षण
लेखकः
- नहूम – उनको नीजि जीवनको बारेमा अत्यन्तै थोरै मात्र थाहा छ।
- उनी यहूदाका भविष्यवक्ता थिए, तर यो पुस्तक अश्शूर साम्राज्यको राजधानी, निनबेको भविष्यवाणीसँग सम्बन्धित छ।
मितिः
- यो पुस्तक ६६३–६१२ ई.पू.मा लेखियो।
- नहूमको सेवकाइको सुरुवातमा निनबे, विश्वको एउटा ठूलो शहर, थियो र अश्शूर राज्य, विश्वभरि प्रभुत्व जमाउने साम्राज्य, थियो।
विषयवस्तुः
“परमप्रभुले पापीहरुको न्याय गर्नुहुनेछ र धर्मीहरुलाई छुटकारा दिनुहुनेछ”
- यो पुरै पुस्तक निनेबमाथिको न्यायको घोषणा हो। यो पुस्तकमा भएका भविष्यवाणीहरू पूर्ण रुपमा त्यतिबेला भयो जब निनेब ६१२ ई.पू.मा पूर्णरुपमा नष्ट भयो।
१. दृष्टहरूको न्याय (१:२–६)
- जसले परमेश्वरको कृपालाई अस्वीकार गर्दछ, तिनीहरूले परमेश्वरको क्रोधको सामना गर्नेछ – परमप्रभुले…दोषिलाई कुनै रीतिले निर्दोष ठहर्याउनु हुन्न। (१:३)
२. ईश्वरीय (भक्ति)हरूलाई सान्त्वना
- यो थाहा पाउँदा सान्त्वना मिल्छ कि, सबै दृष्ट काम गर्नेहरू, अन्तमा धार्मिक परमप्रभुको न्यायमा ल्याइनेछन्।
रुपरेखाः
१. निनबेको पतनको निश्चयता (अध्याय १)
२. शहरको घेराबन्दी र विनाश (अध्याय २)
३. दृष्टता जसले संकटलाई निम्त्याउँछ। (अध्याय ३)
चाबी पदः
“परमेश्वर जलन राख्नुहुन्छ, र परमप्रभुले बदला लिनुहुन्छ; परमप्रभुले बदला लिनुहुन्छ, र क्रोधित हुनुहुन्छ; परमप्रभुले आफ्ना विरोधीहरूसित बदला लिनुहुन्छ, र आफ्ना शत्रुहरुका निम्ति रिस साचेर राख्नुहुन्छ।” नहूम १:२
विशेष विशेषताहरूः
- लघु भविष्यवाणीका दुई पुस्तकहरूले निनेब बारेमा बताउँदछ – योना र नहूम।
- योनाको दिनमा, निनेवलाई पश्चातापको निम्ति बोलाइएको थियो र परमेश्वरले पुनरुद्धार पठाउनुभयो।
- १०० वर्ष पछि नहूमको समयमा, निेनबे न्यायका निम्ति बोलाइयो र परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुभयो।
- निनबेले २ खण्डको शिक्षा दर्शाउदछः
१. वर्तमानका लागि शिक्षा – परमेश्वररहित राज्यहरूको पतन हुनेछ।
२. भविष्यका लागि शिक्षा – ख्रीष्टले सबै राज्यहरूको न्याय गर्नुहुनेछ।
पुस्तकमा ख्रीष्टः
- ख्रीष्ट हाम्रो किल्ला हुनुहुन्छ (१:७) ।
- ख्रीष्ट शुभ समाचार र शान्ति ल्याउने हुनुहुन्छ (१:१५) ।