नहेम्याह पुस्तक सर्वेक्षण
- Book Survey
- July 20, 2020
- 0
- 680
- 1 minute read
लेखक
नहेम्याह —“परमेश्वरबाट सान्त्वाना पाएको”
– शूशन राजदरबारमा राजाको मद्य टक्राउने; यो सम्मानजनक पद थियो ।
– आफ्नो मानिसहरुका निम्ति प्रार्थना गर्दा उनको हृदय शोकित थियो (अध्याय १)
मिति
– करिब ४३२ इ.पू. मा लेखिएको ।
– यो पुस्तकले १२–१५ वर्षको अवधिलाई समेट्दछ ।
विषयवस्तु
“अवसर र विपक्ष”
– इ.पू. ४४४ मा, नहेम्याहले तेस्रो फिर्तीको नेतृत्व गरे (थोरै मानिसहरुमात्र थिए)
– उनका दुई उपलब्धीहरु :
१. उनले यरुशलेमको शहरका पर्खालहरुको पूननिर्माण गरे (५२ दिनमा —६ः१५)
२. उनले परमेश्वरमा मानिसहरुलाई पुनःअभिषेक गरे र परमेश्वरको व्यवस्था पुनः निर्देशन दिए (८ः१–९; ९ः१–३)
रुपरेखा
(हेर्नुहोस् पुस्तक, पेज २३० )
क. पर्खालको पूननिर्माण (अध्याय १–६)
ख. मानिसहरुलाई पुन निर्देशन (अध्याय ७–१३)
चाबी शब्दहरु
“काम”
चाबी पद
नहेम्याह ६ः३
“अनि मैले तिनीहरुलाई यसो भन्दै दूतहरु पठाएँ ः “म एउटा ठूलो काम गर्दछु ; यसैले म तल आउन सक्दिनँ; यस कामलाई छोडेर म तल तिमीहरुकहाँ आउँदा यो काम किन रोकियोस् ?”
विशेष विशेषताहरु
– मलाकी भविष्यवक्ताले नहेम्याहको दिनहरुमा सेवाकाइ गरे ।
– नहेम्याहले ईश्वरीय नेतृत्वको उदाहरण दिएका छन् ।
– ऊ प्रार्थनाका मानिस थिए ।
– ऊ विश्वासका मानिस थिए ।
– ऊ सहासका मानिस थिए ।
– ऊ कडा परिश्रमका मानिस थिए ।
पुस्तकमा ख्रीष्ट
– नहेम्याहले परमेश्वरको चित्रण दिन्छ ।
– उनको आफ्ना मानिसहरुको माझमा उच्च व्यक्तित्व थियो ।
– उनी पूननिर्माणको उद्देश्य साथ आएका थिए ।
– उनी दयावान व्यक्ति थिए ।
– उनको कार्य सम्पन्न भएको थियो —उनी तल झरेनन् ।