न्यायकर्ता पुस्तक सर्वेक्षण

लेखकः

– यहूदी मान्यताअनुसार यसको लेखक शमूएल हुन् जो पहिलो भविष्यवक्ता हुन् र अन्तिम न्यायकर्ता ।

– न्यायकर्ताहरु — परमप्रभुद्वारा उठाइएको “सैन्य कप्तान” जसले इस्राएललाई उनका विरोधीबाट छुट्टाउँदछन् ।

 

मितीः 

‍- न्यायकर्ताहरुको समयले करिब ३५०–४०० वर्षलाई समेट्दछ ।

(न्यायकर्ता १ – १ शमूएल ७)

– करिब इ.पू. १०४३— १००४ भन्दा केही समय पश्चात लेखिएको हो ।

विषयवस्तुः

“अनाज्ञाकारिताले विनाश”

– उदासिनताले (अध्याय १) पछिको पुस्तालाई धर्मत्याग (धर्मपतन) (अध्याय २) तिर डोर्‍यायो (२ः१०–१२)।

– न्यायकर्ताहरुको समयमा २ वटा महान् सत्यता प्रष्ट देखिन्छ ः

१. मानिसको बारम्बार दोहोरिने पाप स्वभाव

२. परमेश्वरको दृढ कृपा

– यो पुस्तक अनाज्ञाकारिताबाट शुरु हुन्छ (अध्याय १) र भ्रम तथा अराजकतामा समाप्त हुन्छ (२१ः२५) ।

रुपरेखाः

क. व्याख्यात्मक भूमिका (१ र २)

ख. पुस्तकको मुख्य संरचना (३ – १६)

ग. उदारहणात्मक सारांश (१७ – २१)

 

चावी शब्दहरुः

“सुम्पिदिनु”, “छुटकारा”

चावी पदः

न्यायकर्ता १५ः६

“ती दिनहरुमा इस्राएलमा कुनै राजा थिएनन् ; तर हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्थ्यो, त्यही गथ्र्याे ।”

विशेष विशेषताहरुः 

१. यो दुःखद चक्र सात पटक दोहोरिन्छ ।

विश्राम – विद्रोह – दण्ड – पश्‍चताप – पुनर्स्थापना – विश्राम

२. हामी यी “उद्धारकहरु”लाई न्यायकर्ताहरु पनि भन्दछौं किनकि ती प्रत्येक परमेश्वर, जो न्यायकर्ता हुनुहुन्छ उहाँको प्रतिनिधी हुन् ।

ओत्निएल

याइर

एहुद

शम्गर

दोबारा÷बाराक

गिदोन

तोला

यिप्तह

इब्सान

एलोन

अब्दोन

शिमसोन–(पवित्रशास्त्रमा उनको बारेमा धेरै लेखिनुको कारण पलिश्तीहरुको लामो अत्याचारको बेलामा ऊ न्यायकर्ता थिए)

पुस्तकमा ख्रीष्टः

– प्रत्येक न्यायकर्ता “उद्धारक” थिए — ख्रीष्ट पापबाटको उद्धारक हुनुहुन्छ ।

१. कोही शासक÷योद्धा थिए ।

२. कोही पूजाहारी थिए ।

३. कोही भविष्यवक्ता थिए ।

– ख्रीष्ट भविष्यवक्ता, पूजाहारी र राजा हुनुहुन्छ ।

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *