प्रस्थान पुस्तक सर्वेक्षण

लेखक

मोशा — “निकालिएको” (२ः१०)

मोशाको जीवनको रुपरेखाः

पहिलो ४० वर्ष — मिश्र (इजिप्ट)मा राजकुमार — उसले आफ्नो महत्व देख्यो ।

दोसो ४० वर्ष — मिदानमा गोठालो — उसले आफ्नो दुर्बलता देख्यो ।

तेस्रो ४० वर्ष — उजाडस्थानमा अगुवा — उसले परमेश्वरको सामर्थ्य देख्यो ।


मिती 

यो पुस्तक इ.पू. १४४५–१४०० को बीचमा लेखिएको हो ।

– इस्राएलीहरु इजिप्ट (मिश्र)मा इ.पू. १८७५ मा प्रवेश गरेका थिए ।

– तिनीहरु त्यहाँ ४३० वर्ष बसे (प्रस्थान १२ः४०; गलाती ३ः१७) ।

– इ.पू. १४४५ मा प्रस्थान भयो ।


विषयवस्तु

“छुटकारा”

– उद्धारको अक्षरस अर्थ — “बजारबाट किनिएर ल्याइएको दास” (दास प्रथा हुँदाको समयमा)

– पूरानो नियमको प्रस्थान जे हो नयाँ नियमको रोमी त्यही हो ।

प्रस्थानको पुस्तकले छुटकाराको ऐतिहासिक चित्र देखाउँदछ । रोमीको पुस्तकले छुटकाराको  सैद्धान्तिक मार्गचित्र (शोधपत्र) देखाउँदछ ।

इस्राएलको छुटकारा …..

१. परमेश्वरको सामर्थ्यद्वारा — तिनीहरु आफैँलाई बचाउन केही गर्न सक्दैनथ्यो ।

२. उद्धारकको माध्यमद्वारा — मोशा हाम्रो उद्धारक, येशू ख्रीष्टको चित्र हो ।

३. रगतको छापको मुनि — रगत बहाइएको थियो र यो लगाइएको थियो ।


रुपरेखा

क. प्रस्थान (निर्गमन) (अध्याया १–१८)

ख. व्यवस्था (अध्याय १९–२४)

अ. “आज्ञा” — (नैतिक)

आ. “न्याय” — (सामाजिक)

इ. “नियम” — (धार्मिक)

ग. निवासस्थान (अध्याय २५–४०)


चावी शब्दहरु

“छुटकारा” — प्रस्थान ६ः६

“छोड्नेछु” — प्रस्थान १२ः२३


चावी पद

प्रस्थान ६ः६

“यसकारण इस्राएलीलाई भनः म परमप्रभु हुँ; अनि म तिमीहरुलाई मिश्रीहरुका बोझाहरुमुनिबाट निकाल्नेछु, र तिमीहरुलाई तिनीहरुको दासत्वबाट छुटकारा दिनेछु; अनि बढाएको हातले र ठूला ठूला दण्डहरु दिँदै म तिमीहरुलाई छुटाउनेछु।”


विशेष विशेषताहरु 

१. मिश्रमा विपत्तिहरु — अध्याय ७–१२

– प्रस्थान १२ः१२ — हरेक विपत्तिहरुले परमेश्वर मिश्रीहरुका देवताहरुभन्दा महान् हुनुहुन्छ भन्‍ने देखाउँदछ ।

२. निस्तार चाड — अध्याय १२

– तीन आवश्यक तत्व

क) पाठो — मुक्ति

ख) अखमिरे रोटी — पवित्र

ग) तीता सागपात — पिडा

३. व्यवस्था दिइयो — १० आज्ञाहरु, अध्याय २०

– ६१३ आज्ञाहरु — १० ओटा चाहीँ सबै पुस्ताहरुका लागी अनन्तका लागी सत्य सिद्धान्तहरु हुन् भनी छुट्टाइयो ।

– दस आज्ञालाई ख्रीष्टको विभाजन (मत्ती २२ः३४–४०)

“परमप्रभु आफ्ना परमेश्वरलाई प्रेम गर” आज्ञा १—४

“छिमेकीलाई प्रेम गर” आज्ञा ५—१०

४. निवासस्थान


पुस्तकमा ख्रीष्ट

१. मोशा — महान् भविष्यवक्ता, ख्रीष्ट सिद्ध भविष्यवक्ता हुनुहुन्छ ।

२. निस्तार चाडको पाठो — प्रकाश ३ः१८

३. चोटको चट्टान — ख्रीष्ट सबैको निम्ति एकै पटक दुःख भोग्‍नुभयो — हिब्रु ९ः२६

४. मन्‍ना — ख्रीष्ट स्वर्गबाट आउनुभएको जीवनको रोटी हुनुहुन्छ — यूहन्‍ना ६ः३१–३५

५. निवासस्थान — ख्रीष्टको व्यक्तित्व र कार्यको संकेत — हिब्रु ९ः१२

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *