प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय ११-२०)

 प्रस्थान संक्षिप्त टिप्पणी (अध्याय ११-२०)

अध्याय ११

दसौं तथा अन्तिम विपत्तिको विषयमा परमेश्वरले जानकारि गराउनुहुन्छ।

मिश्रीहरूका जेठा छोरा र पशुहरूको पहिलो जन्मेकाहरू मारिने जानकारि

इस्राएलीहरूका भने कोहि पनि नमर्ने

परमेश्वरको न्याय आउँदै थियो। परमेश्वरको न्यायमा इस्राएलीहरू र मिश्रीहरू छुट्टिन्थे।

परमेश्वरको न्यायमा धर्मी र अधर्मी छुट्टिन्छन्।

अध्याय १२

निस्तार चाडको स्थापना हुँदछ  (निस्तार शब्दको अर्थ – ‘पार भएर जानु’)

इस्राएलीहरूले आफ्ना घरहरूका ढोकाको चौकोसमा पाठोको रगत लाउनुपर्थ्यो। जब मृत्युको दूत उनीहरूको घरहरू भएर जान्थे, त्यस दूतले इस्राएलीहरूको घरलाई पार गरेर जान्थे।

अखमिरे रोटीले ख्रीष्टको चित्रण दिन्थ्यो। तीतो सागपातले पनि ख्रीष्टको चित्रण दिन्थ्यो।

दसौं विपत्तिले मिश्रमा ठूलो आतंक ल्यायो। गरिबदेखि राजासम्म सबैको घरमा मृत्यु आयो।

अन्तत फाराओले इस्राएलीहरूलाई मिश्र देशबाट जान दिए। इस्राएलीहरू मिश्र देशबाट प्रस्थान गरे।

परमेश्वरको उद्देश्यलाई कसैले रोक्न सक्दैन।

अध्याय १३

अखमिरे रोटीको चाढ हरेक वर्ष गर्नुपर्ने परमेश्वरको आज्ञा – परमेश्वरको सामर्थ्यको सम्झना

हरेक कुराको पहिलो फल परमेश्वरलाई दिनुपर्ने – परमेश्वर हाम्रो सर्वोत्तमको योग्य हुनुहुन्छ

दिउँसो बादलको खाँबो र राति आगोको खाँबोद्वारा परमेश्वरले यात्रामा सुरक्षासाथ डोर्याउनुहुन्छ

परमेश्वरले जहाँ डोर्याउनुहुन्छ त्यहाँ सबै प्रबन्धहरू पनि गरिदिनुहुन्छ।

अध्याय १४

इस्राएलीहरू यात्रा गर्ने क्रममा लाल समुद्र अघि आइपुग्छन्। त्यहाँ केहि समय बस्ने क्रममा मिश्रका सेनाहरू उनीहरूलाई फिर्ता लान आउँछन्। इस्राएलीहरू आँत्तिन्छन्! कहिँ भाग्ने या जाने ठाउँ थिएन। धेरैले मोशा र परमेश्वरको विरोध गर्न थाल्छन्।

परमेश्वरको सामर्थ्यलाई उनीहरूले अविश्वास गरे। परमेश्वरले लाल समुद्र दुई भाग गरिदिनुभयो, र इस्राएलीहरू सकुसल सुख्खा जमिन भएर समुद्र तरे। मिश्री सेनाहरू भने डुबे।

इस्राएलीहरूले सिक्न बाँकी थियो कि यो यात्राको अगुवा परमेश्वर नै हुनुहुन्छ। उहाँले नै उनीहरूलाई कनान देशमा लानुहुनेछ।

परमेश्वर नै हाम्रो जीवनको यात्राको अगुवा हुनुहुन्छ, विश्वाससाथ उहाँको अगुवाइलाई पछ्याऔं।

अध्याय १५

लाल समुद्रको ठूलो छुटकारा पछि मोशा र इस्राएलीहरूले परमेश्वरको स्तुति गाउँछन्

यात्रामा अघि बढ्ने क्रममा पानीको अभाव हुन्छ, र फेरि इस्राएलीहरू गनगन गर्न थाल्छन्।

परमेश्वरले पानीलाई निको पार्नुभयो। हाम्रो परमेश्वर ‘यहोवा राफा’ हुनुहुन्छ।

समस्यामा पर्दा गनगन होइन तर विश्वासको प्रार्थना उचित हुँदछ।

अध्याय १६

यात्रा अझै अघि बढ्ने क्रममा इस्राएलीहरू भोकाए र फेरि गनगन गर्न थाले।

परमेश्वरले स्वर्गबाट मन्ना र बट्टाइ चराहरूको प्रबन्ध गरिदिनुभयो।

उजाडस्थान जस्तो ठाउँमा पनि ठूलो भीड (पुरूषहरु मात्रै ६ लाख) लाई प्रशस्त हुने गरी खुवाउनुभयो।

हाम्रा सबै घटिकमीहरू पूरा गर्न उहाँ समर्थ हुनुहुन्छ।

अध्याय १७

केहि समयपछि फेरि पनि इस्राएलीहरूले गनगन गरे किनकि उनीहरू तिर्खाएका थिए। अनि परमेश्वरले चट्टानबाट पानी दिनुहुन्छ। बारम्बार उनीहरूले परमेश्वरको सामर्थ्यलाई अविश्वास गरे। हाम्रो नराम्रो बानी – बिर्सने बानी। सम्झनलाई पुस्तकमा लेखिनुपर्ने (पद १४)

अमालेकीहरूसँग लडाइ हुँदछ। मोशाले आफ्ना हातहरू उचाल्दा इस्राएलीहरूले जित्थे, उनको हातहरू तल हुँदा उनीहरूले हार्थे।

मोशाको हातहरू उचाल्न सहयोग गर्न हारून र हूरले मोशाको हातहरू समातिदिन्छन्। इस्राएलीहरू विजय हुन्छन्। ‘यहोवा निस्सी’ (अर्थ – यहोवा मेरो झण्डा) लाई चिन्छन्।

यात्रा गर्ने क्रममा हामी परमेश्वरलाई अझ बढि चिन्दै पनि जान्छौं। उहाँको ज्ञानमा बढ्दै जान्छौं।

अध्याय १८

मोशाको ससुरा येत्रोले मोशालाई राम्रो सल्लाह दिन्छन्। मोशा एक्लैले इस्राएलीहरू सबैको न्याय गर्ने (उनीहरूको गुनासो सुनी समस्याको हल गर्ने) कार्य गर्थे। यसो गर्दा निकै समय लाग्थ्यो र मोशा आफै पनि धेरै थकित हुन्थे।

येत्रोको सल्लाह अनुसार मोशाले मानिसहरूमाथि समूह समूहमा नाइकेहरू तोकिदिए। यी चुनिएका व्यक्तिहरू विश्वासयोग्य सहयोगीहरू थिए।

परमेश्वरको काममा विश्वासयोग्य सहयोगीहरू चाहिँदछ। (पावलका थुप्रै संगी सेवकहरू थिए।)

अध्याय १९

यात्राको क्रममा इस्राएलीहरू सिनाइ पर्वतमा आइपुग्छन्। यस पर्वतमा परमेश्वर आउनुभयो। ठूलो गर्जनहरू, घना बादल, र बिजुलीहरूका चम्काइसाथ परमेश्वर आउनुभयो। मानिसहरू भयभीत भए।

कोही पनि त्यस पहाडको नजिक आउनुहुँदैनथ्यो। जो आउँथ्यो त्यो मर्थ्यो।

मानिसहरूले परमेश्वरको महानता र पवित्रता देख्दै थिए।

परमेश्वरको पवित्रता र महानता अघि हामी मृत झैं छौं। भय र आदरसाथ उहाँको सेवा गरिनुपर्छ।

अध्याय २०

परमेश्वरले इस्राएलीहरूलाई दस आज्ञा दिनुहुन्छ। यी आज्ञाहरूले धार्मिकता ल्याएन तर पापको ज्ञान दियो (रोमी ३:२०)। मानिसहरू सिधै परमेश्वरसँग कुरा गर्न डराए, मोशा मार्फत गरे- मध्यस्तकर्ता चाहियो। वेदीको नियम दिइयो – बलिदानको आवश्यकता थियो – ख्रीष्टको चित्रण

हामी पापीहरूलाई मध्यस्तकर्ता चाहिँन्छ। हामी र परमेश्वरबीचको मध्यस्त येशू ख्रीष्ट हुनुहुन्छ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *