भजनसंग्रह पुस्तक सर्वेक्षण
- Book Survey
- July 20, 2020
- 0
- 629
- 1 minute read
लेखक
– सबैभन्दा राम्रोसँग जानिएका मानविय लेखक दाउद हुन् ।
–त्रिहत्तर भजनहरु ऊसँग सम्बन्धित छ ,
–उनी “इस्राएलका मीठो रचनाकार” भनेर चिनिन्छ ।
मिति
– सबै भजनहरु करिब १००० इ.पू.तिर लेखिएको हो ।
– एज्राले भजनसंग्रहलाई मिलाएर एउटा पुस्तक बनाउने काम गरे ।
विषयवस्तु
– भजनसंग्रहको पुस्तक इस्राएलका लागी राष्ट्रिय भजन किताब थियो र सार्वजनिक आराधानामा प्रयोग गरिन्थ्यो ।
– प्रार्थना र प्रंशसा भजनसंग्रह पुस्तकका चाबी शब्दहरु हुन् ।
“भजनसंग्रहको पुस्तकमा , हामी यो देख्दछौँ कि सुस्केराहरु प्रार्थनाद्वारा कसरी गीतहरुमा बदलिन्छन् ।” जे. सिड्लो बेक्सटर
– एक विश्वासीले आफ्नो जीवनमा अनुभव गर्ने सबै कुराहरु भजनसंग्रहमा प्रतिबिम्ब छन् —दुःख, पाफ भय, आनन्द, प्रेम, विश्वास, आदि ।
भजनसंग्रहको पुस्तकले प्रत्येक मानविय अनुभवहरुको बारेमा समेट्ने कोशिस गरे तापनि यो पुस्तक अनुभवको पुस्तक होइन; यो पुस्तक परमेश्वरको बारेमा हो जसको बारेमा हामी जीवनको अनुभवबाट जान्न सक्छौँ ।
रुपरेखा
१. उत्पत्तिको भजनसंग्रह (१–४१)
२. प्रस्थानको भजनसंग्रह (४२–७२)
३. लेवीको भजनसंग्रह (७३–८९)
४. गन्तीको भजनसंग्रह (९०–१०६)
५. व्यवस्थाको भजनसंग्रह (१०७–१५०)
चाबी पद
“परमप्रभुलाई उहाँको नामलाई दिनुपर्ने महिमा देओ; पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत गर ।” भजनसंग्रह २९ः२
विशेष विशेषताहरु
– भजनसंग्रहका विभिन्न विशेषाताहरु :
– शिक्षाप्रद भजनसंग्रह ६. बिन्तीका भजनसंग्रह
– ऐतिहासिक भजनसंग्रह ७. धन्यवादको भजनसंग्रह
– हल्लेलुयाहको भजनसंग्रह ८. मसिही भजनसंग्रह
– पश्चातापको भजनसंग्रह ९. व्यवहारको भजनसंग्रह
– निर्णयको भजनसंग्रह १०. तीर्थयात्राको भजनसंग्रह
पुस्तकमा ख्रीष्ट
– भजनसंग्रहको येशू ख्रीष्टले भरिएको छ । (लूका २४ः४४)
मुख्य मसिही भजनहरु––२, ८, १६, २२–२४, ४०–४१, ६८–६९, ८७, ८९, १०२, ११०, ११८