मीका पुस्तक सर्वेक्षण
लेखकः
- मिका– अर्थ “परमप्रभु जस्तो को छ र?”
- यो पुस्तक प्रश्नहरूले भरिएको छ, तर यसको चरमोत्कर्षण चाहिँ मिका ७:१८ को महान् प्रश्न हो, तपाई जस्तो परमेश्वरको छ र? (मिकाको नामलाई ध्यान दिनुहोस्)
- मिका मुलतः यहुदा र यरुशलेमका लागि भविष्यवक्ता थिए।
मितिः
- यो पुस्तक ७३४–७२२ ई.पू. मा लेखिएको थियो।
- मिका यशैयाका समकालिन थिए। यशैया सायद मिका भन्दा जेठा थिए, र उनको सेवकाइ प्रायः उच्च वर्गका मानिसहरू थिए जहाँ मिका साधारण मानिसको बिचमा रहे।
विषयवस्तुः
“वर्तमान न्याय तर आशिषित भविष्य”
- वर्तमानमा न्याय – परमेश्वरका जनहरूको जिद्दी र अविश्वासको कारण
- मिकाले परमेश्वरका जनहरूका दृष्टताहरू उदांग पारे, विशेषतः भष्टचारी अगुवाहरूको (३:१–१२)
- आशिषित भविष्य – परमेश्वरको अपरिवर्तनिय विश्वासयोग्यताको कारण
- मिकाले भविष्यको राज्य (अ.४) र भविष्यका राजा (अ.५) लाई प्रकट गरे।
रुपरेखाः
१. आसन्न न्यायको घोषणा (अ. १–३)
२. परम (अनन्त) आशिषको प्रतिज्ञा (अ. ४–५)
३. वर्तमान प्रायश्चितको बिन्ति (अ. ६–७)
चाबी पदः
“तपाईजस्तो परमेश्वर को छ र? जसले अधर्म क्षमा गर्नुहुनेछ, र आफ्नो पैतृक सम्पत्तिबाट बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ; उहाँले आफ्नो रिस सधैंभरि राखिछोड्नुहुन्न।” मिका ७:१८
विशेष विशेषताहरूः
- मिकाले परमप्रभुलाई पवित्र र एक मात्र भनेर दर्शाएका छन्, साथै दया र करुणाले भरिएका।
– परमेश्वरको पवित्रता/न्याय (१:२–४; ५:१५; ७:१६–१७)
– परमेश्वरको दया/ करुणा (६:३–४; ७:७; ७:१८–१९)
- मिकाका दिनहरूमा, मानिसहरूले आराधनाका बाहिरी देखावटी पूरा गरे (बलिदानहरू) तर आफ्ना व्यक्तिगत जीवनहरू पापले भरिपूर्ण थियो। मिकाले तिनीहरूलाई सत्य धार्मिकताको सार चाहिँ परमेश्वरसँगको व्यक्तिगत हिँडाइ हो (६:७–८)
पुस्तकमा ख्रीष्ट:
- ख्रीष्ट इस्राएलका प्रेमिलो न्यायकर्ता हुनुहुन्छ (५:१)
- ख्रीष्ट इस्राएलका शासक हुनुहुन्छ (५:२)