मुक्तिको निश्‍चयता

 मुक्तिको निश्‍चयता

शैतानले तपाईलाई मुक्तिको बारेमा शंका उत्पन्‍न गराउन कोशिश गर्दछ। उसले तपाईलाई के म साँच्‍चै ख्रीष्टियन हुँ र? भनी सोच्ने बनाउदँछ। तपाईले पहिले भन्दा केही फरक अनुभव नगरेको हुनाले केही भएको छैन भनी भन्दछ। त्यसपछि तपाईले पाप गर्नुहोला। तपाईको पुरानो स्वभावतिर फर्कनुहोला। ख्रीष्टियनले पाप गर्दैन भनी शैतानले तपाईमा शंकाको बीउ रोप्‍नेछ। जब शंका उत्पन्‍न हुँदछ, तपाईको जवाफ के हुनेछ?

तपाईले प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी स्वीकार गर्नुभयो भने तपाईले अहिले र सदाका लागि मुक्ति पाउनुभएको छ र तपाईमा यसको निश्‍चयता हुनुपर्दछ भनी सिकाउनु यस अध्ययनको उद्देश्य हो।

निश्‍चयता भन्‍नाले के बुझ्नुहुन्छ?

तपाई परमेश्वरको हुनुहुन्छ र तपाईसंग अनन्त मुक्ति छ भन्‍ने कुरामा बौद्धिक र आत्मिक रूपमा निश्‍चित हुनु नै मुक्तिको निश्‍चयता हो।

क. हेर्नुहोस्: २ तिमोथी १:१२

यस पदको चाबी शब्दहरू रखवाली निश्‍चयता हुन्।

ख. हेर्नुहोस्: १ यूहन्‍ना५:१३

१.यस पदको आधारमा भन्‍नुहोस्, के परमेश्वरले तपाईमा मुक्तिको निश्‍चयता भएको चहानुहुन्छ? हुन्छ

२.यो पदको कुन शब्दले यो कुरा बताउँछ? थाहा

किन मलाई मुक्तिको निश्‍चयता आवश्यक पर्दछ?

क. निश्‍चयताले आनन्‍द ल्याउँदछ। १ यूहन्‍ना१:४

ख. निश्‍चयताले हामीलाई परमेश्वरको सामु साहस दिँदछ। १यूहन्‍ना ३:१९,२१

ग. निश्‍चयताले हाम्रो हृदयमा सान्त्‍वना दिँदछ (मिल्दछ)। कल्स्सी २:२

घ. निश्‍चयताले हामीमा धैर्यता ल्याउदँछ। याकूब १:८ (आफ्नै शब्दमा लेख्‍नुहोस्।)

ङ. निश्‍चयताले संसारमाथि विजय गर्ने सफलता दिदँछ। १ यूहन्‍ना ५:४,५

च. निश्‍चयताले अरूलाई येशूको बारेमा बताएर उहाँको सेवा गर्ने सहायता गर्दछ। पढ्नुहोस् : यूहन्‍ना१:४०; ४:२८,२९; प्रेरित १६:१०।

मुक्तिको निश्‍चयताको आधार के हो?

धेरै ख्रीष्टियनहरू व्यक्तिगत अनुभवलाई मुक्तिको निश्‍चयताको आधार ठान्दछन्।

यसको समस्या के हो भने भावनाहरू परिवर्तन हुन्छन्। एकदिन तपाईलाई मुक्ति पाएको जस्तो लाग्‍न सक्छ र अर्को दिन परिस्थितीको कारण यस्तो नलाग्‍न सक्छ।

तपाईसंग यसको लागि भावनाहरूभन्दा ठूलो कुरा छ- परमेश्वेरको अपरिवर्तनीय वचन हेर्नुहोस्: १ यूहन्‍ना ५:११,१२, यस पदलाई लेख्‍नुहोस् ।

अनि गवाही यही हो – परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनहुन्छ, ऊसित जीवन छ; जससँग परमेश्वरका पुत्र हुनहुन्छ, ऊसित जीवन छैन।

यी पदहरूको चाबी शब्दहरू “”गवाही”” र ““दिनुभएको छ””– लाई गोलो घेरा लगाउनुहोस्।

निश्‍चयताको३ आधारहरू:

क. परमेश्वरको व्यक्तित्व:

तीतस १:२ अनुसार, परमेश्वर झुट बोल्न सक्‍नुहुन्‍न।

ख. परमेश्वरका प्रतिज्ञाहरू:

१.यूहन्‍ना ५:२४ अनुसार, परमेश्वर भन्‍नुहन्छ, म सँग अनन्त जीवन

म न्यायमा पर्ने छैन

२.यूहन्‍ना ६:३७ अनुसार, म येशू ख्रीष्ट कहाँ आएको हुनाले उहाँले मलाई

कुनैरीतिले अफाल्नुहुनेछैन।

३.रोमी १०:१३ अनुसार, प्रभुको नाम पुकार्ने हरेक ले मुक्ति पाउनेछ।

ग. परमेश्वरको उपस्थिति:

१. रोमी ५:५ अनुसार, जब हामी बचाइयौं परमेश्वरले हामीलाई उहाँको प वित्र आत्मा दिनुभयो, जो हामी भित्र वास गर्नुहुन्छ। (रोमी ८:९,११)

२. रोमी ८:१६ अनुसार, परमेश्वरको आत्माले हाम्रो आत्मासँग, तिमीहरूपरमेश्वरका सन्तान हौ, भनी गवाही दिनुहुन्छ। हेर्नुहोस्: १ यूहन्‍ना ५:१० क

बचाइएको छु भनी कसरी थाहा पाउनसक्छु?

क. म जान्दछु म बचाइएको छु, किनकि मैले प्रभु येशू ख्रीष्टमा विश्‍वास गरें। प्रेरित १६:३१

ख. म जान्दछु म बचाइएको छु, किनकी मसंग पुत्र हुनुहुन्छ। १ यूहन्‍ना ५:१२

ग. म जान्दछु म बचाइएको छु, किनकी म भाईहरूलाई प्रेम गर्छु। १ यूहन्‍ना ३:१४

घ. म जान्दछु म बचाइएको छु, किनकि म उहाँका आज्ञाहरू पालन गर्दछु। १ यूहन्‍ना २:३

ङ. म जान्दछु म बचाइएको छु, किनकि म संसार र यसका पापहरूबाट फर्किएको छु। १ यूहन्‍ना २:१५

च. म जान्दछु म बचाइएको छु, किनकि मैले संसार माथि जय प्राप्‍त गरेको छु। १ यूहन्‍ना ५:४

छ.     म जान्दछु म बचाइएको छु, किनकि म भित्र  परमेश्वरको गवाही छ। १ यूहन्‍ना ५:१०

ज.   म जान्दछु म बचाइएको छु, किनकि म असल फल फलाउँदछु। मत्ती ७:१७,१८

झ.      म जान्दछु म बचाइएको छु, किनकि मैले प्रभुको सो र सुनेँ र उहाँलाई पछ्‍या उने निर्णय गरेँ। यूहन्‍ना१०:२७

कुन कुराले मेरो जीवनमा मुक्तिको निश्‍चयता ल्याउँदछ?

समय समयमा तपाईलाई शंका उत्पन्‍न हुनसक्दछ। याद गर्नुहोस्, शैतान झुट हो। यूहन्‍ना८:४४, र बाइबलमा उल्लेख गरिएको उसको पहिलो शब्दहरू या शुरूका वोलीहरू परमेश्वरको वचनमाथि शंका उत्पन्‍न गराउने खालको थियो। (उत्पत्ति ३:१)

मुक्तिको निश्‍चयता पाउन वा निश्‍चयतालाई बलियो पार्न केही तरिकाहरू तल दिइएका छन्:

क. परमेश्वरको वचन सिक्‍नुहोस्:

तपाईको मुक्ति परमेश्वरले भन्‍नुभएको कुरामा आधारित छ- तपाईले सोच्नुहुन्छ वा अनुभव गर्नुहुन्छ, त्यसमा होइन। त्यसैले तपाईले बाइबल पढ्नु र अध्ययन गर्नु महत्वपूर्ण छ। पढ्नुहोस्: २ तिमोथी ३:१४,१५

ख. मुक्तिको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्:

रोमी ६:२३ ले भन्दछ, तपाईले अनुग्र हको वरदान पाउनुभएको छ। यस वरदानको लागि के तपाईले परमेश्वरलाई धन्यवाद दिनुभएको छ? धन्यवाद दिनु विश्वासको प्रमाण हो। पढ्नुहोस्: २ कोरिन्थी ९:१५

ग. अरूको सामु सार्वजनिक गवाही दिनुहोस्:

१. तपाईले प्रभु येशू ख्रीष्टमाथि भरोसा राख्‍नुभएको छ भनी कसैलाई भन्‍नुभएको छ? १ यूहन्‍ना४:१५ मा हेर्नुहोस्, ख्रीष्टलाई स्वीकार गर्नु र निश्‍चयताबीचको सम्बन्ध।

२. पढ्नुहोस्: मत्ती १०: ३२ र रोमी १०:९,१० सार्वजनिक रूपमा ख्रीष्टलाई स्वीकार गर्ने एउटा तरिका चाँहि मण्डलीको सामु गई बताउनु हो। मण्डलीले तपाईको लागि प्रार्थना गर्नेछ र उत्साह दिनेछ।

घ. सम्भव भएसम्म मण्डली सभाहरूमा सहभागी हुनुहोस्:

ख्रीष्टमा दाजु-भाइ, दिदी बहिनीहरूसंगको संगतीले तपाईलाई उत्साह मिल्नेछ। उहाँहरू मध्ये धेरैसंग तपाईसंग जस्तै शंकाहरू हुन सक्दछ। हिब्रू १०:२५ ले यसको आज्ञा गर्दछ भने हिब्रू १०:२२ ले निश्‍चयता बारे बताउँदछ।

ङ. धर्मी जीवन जिउनुहोस्:

यशैया ३२:१७ अनुसार धार्मीकता को परिणाम सदाको लागि शान्ति र सुर क्षा (निश्‍चयता) हुनेछ। हेर्नुहोस् हितोपदेश १०:९

याद गर्नुहोस्, तपाईको शान्ति र मुक्तिको निश्‍चयताको आधार परमेश्वरको प्रतिज्ञाहरू माथिको विश्वास हो न कि तपाईको आफ्नै भावनाहरू।

मैले पाप गरें भने के हुन्छ?

क. हेर्नुहोस्: १ यूहन्‍ना१:८, के एक ख्रीष्टियनले पाप गर्न सम्भव छ?

ख. हेर्नुहोस्: १ यूहन्‍ना२:१, के परमेश्वर ख्रीष्टियनले पाप गरेको चाहनुहुन्छ? चाहानुहुन्‍न

ग. हेर्नुहोस्: १ यूहन्‍ना१:९ यदि एक ख्रीष्टियनले पाप गरेमा के गर्नुपर्दछ?

परमेश्वरसँग पाप स्‍वीकार गर्नुपर्दछ ।

घ. हेर्नुहोस्: १ यूहन्‍ना २:१, जब म पाप गर्दछु, परमेश्वर पिताको सामु मेरो निम्ति को उभिनुहुन्छ? धर्मी येशू ख्रीष्ट

ङ. हेर्नुहोस्: १ यूहन्‍ना १: ६,७, पाप गरेमा एक ख्रीष्टियनले के गुमाउदछ? आफ्नै शब्दमा लेख्‍नुहोस्।

के मैले मुक्ति गुमाउन सक्दछु?

क. यूहन्‍ना१०: २८ ले भन्दछ, हामी कहिल्यै नष्ट हुने छैनौँ।

ख. यूहन्‍ना१०:२९, कसैले हामीलाई पिताको हातबाट खोसेर लैजान सक्दैन

ग. यूहन्‍ना६:३७ ले भन्दछ, ख्रीष्टकहाँ आउनेलाई परमेश्वरले कुनै रीतिले आफाल्नुहुनेछैन।

घ. यूहन्‍ना६:३९ ले भन्दछ, हामीलाई बचाउने जिम्मा प्रभुको हो हाम्रो होइन, ख्रीष्टले कसैलाई  पनि छोड्न सक्‍नुहुन्‍न।

ङ. यूहन्‍ना५:२४ ले भन्दछ, म सँग भएको जीवन अनन्‍त हो।

च. रोमी ८:३८,३९ ले भन्दछ, ख्रीष्टको प्रेमदेखि हामीलाई केही पनि कुराले अलग पार्न सक्दैन।

छ. १ पत्रुस १:५ ले भन्दछ, हामी परमेश्वरको शक्ति ले सुरक्षित छौँ।

ज. यहूदा २४ ले भन्दछ, ख्रीष्टले हामीलाई लोट्‍न देखि बचाउन सक्‍नुहुन्छ।

झ. फिलिप्पी १:६ ले भन्दछ, ख्रीष्टले हामीमा गर्नुभएको असल काम येशू ख्रीष्टको दिन सम्म पूरा गर्नुहुनेछ। 
ञ. एफेसी १:१३ ले भन्दछ, हाम्रो मुक्ति पवित्र आत्मामा छाप मारिएको छ।

ट. एफेसी २:८ ले भन्दछ, हाम्रो मुक्ति परमेश्वरको दान हो।

ठ. एफेसी २:९ ले भन्दछ, हामीले मुक्ति पाउन केही कार्य गरेका छैनौं। हामीले मुक्ति पाउन केही गरेका छैनौं भने गुमाउन पनि केहि गर्न सक्दैनौं।

ड. एफेसी २:२,३ र १ यूहन्‍ना ३:१० अनुसार, मुक्ति पाउन अगाडि हामी शैतानको अधिनमा थियौं। अब हामीले मुक्ति पाएका छौं र परमेश्वरसँग हाम्रो नयाँ समबन्ध छ।

परमेश्वर हाम्रा स्वर्गीय पिता हुनुहुन्छ। रोमी ८:१५

ख्रीष्टियनहरू परमेश्वरका सन्तान हुन्। १ यूहन्‍ना३:१

हाम्रो यस संसारको परिवारमा, एक बालकले गलत गरेमा उसको बुबा आमाले उसलाई परिवारबाट निकाल्दैनन्। उनीहरूले उनलाई सुधार्छन् र छडी लगाउँछन् तर ऊ अझै पनि उनीहरूकै छोरा र परिवारको सदस्य हुँदछ।

जब एक ख्रीष्टियनले पाप गर्दछ, ऊ परमेश्वरको परिवारबाट निकालिँदैन र मुक्ति गुमाउँदैन। तरै पनि एक प्रेमिलोपिताले जस्तै परमेश्वरले उसलाई ताडना दिनुहुन्छ र संगतिमा फर्काई ल्याउनुहुन्छ। हिब्रू १२:६

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *