यशैया पुस्तक सर्वेक्षण
लेखक
यशैया––परमप्रभुको उद्धार वा परमप्रभु उद्धार हुनुहुन्छ ।
– लेखिएका भविष्यवाणीहरु मध्ये महान्
– नयाँ नियममा (संयुक्त रुपमा )अन्य सबै भविष्यवाणीहरुभन्दा बढी उद्गरण गरिएको ( करिब ३००पटक भन्दा बढी)
– मसिहको बारेमा अन्य भविष्यवक्ताहरुले भन्दा धेरै बोलिएको
– भविष्यवक्ता मुख्यतः यहूदाका थिए; ५० वर्ष भन्दा बढी सेवकाइ गरे
मिति
– उनको जीवन यहूदाका ४ ओटा राजाहरुको शासनकालमा बित्यो—उज्जयाह, योताम, आहाज र हिजकियाह (१ः१) ।
– यसले करिब ७४५–६८० इ.पू.को समयअवधिलाई समेट्छ ।
– यशैयाको यो ऐतिहासिक समय २ राजा १४–२१को हो ।
विषयवस्तु
“उच्च र उचालिएको, परमेश्वर”
– यशैयाका दिनहरुमा, उत्तरी राज्य तीव्र गतिमा कैदतिर गइरहेको थियो र यहूदा पनि बिस्तारै त्यही बाटोमा थियो । परमेश्वरको जनहरु विद्रोही भए र तिनीहरुलाई परमप्रभु को हुनुहुन्छ भन्ने नयाँ दर्शन आवश्यक थियो ।
– यशैया परमप्रभुलाई यसरी प्रस्तुत गर्दछन् :
– सिहांशनमा उचालिएको
उहाँ मात्र पवित्र हुनुहुन्छ जसले पापलाई न्याय गर्नुहुन्छ ।(अ. १–३९)
– क्रुसमा उचालिएको
उहाँ उद्धारक हुनुहुन्छ जसले सान्त्वाना र उद्धार ल्याउनु हुन्छ (अ. ४०–६६) ।
रुपरेखा
– सजाय र क्षतिपूर्तिको भविष्यवाणी – (अ. १–३९)
– छुटकारा र पूर्णताको भविष्यवाणी – ( अ. ४०–६६)
चाबी पद
“हे पृथ्वीको छेउ छेउका मानिसहरु हो, मलाई हेर, र उद्धार पाओ; किनकि परमेश्वर म नै हुँ , र अरु कोहि पनि छैन ।” यशैया ४५ः२२
विशेष विशेषताहरु
– यशैयाको परमेश्वरको लागी मनपर्ने नाम, “इस्राएलको पवित्र जन”, २५ पटक उल्लेख भएको छ ।
– यशैयाको पुस्तक पूरै बाइबलको सुक्ष्म रुप हो ।
बाइबल यशैया
६६ पुस्तक ६६ अध्याय
३९ पूरानो नियमका पुस्तक पहिलो खण्ड ३८ अध्याय
२७ नयाँ नियमका पुस्तक दोस्रे खण्ड २७ अध्याय
पू.नि.को सार —व्यवस्था पहिलो खण्डको सार—न्याय
न.नि.को सार—अनुग्रह दोस्रो खण्डको सार—आशा
पुस्तकमा ख्रीष्ट
– पूरानो नियमको कुनै पनि पुस्तकले भन्दा यशैयाले ख्रीष्टलाई पूर्णताका साथ प्रकाश पार्दछ । यशैयाले ख्रीष्टको बारेमा जीवन्त (सुस्पष्ट) भविष्यवाणी दिदछ ।
– कन्याबाट जन्म (७ः१४)
– कलवरीमा बलिदान ( ५०ः६, ५२ः१४, ५३ः१–१२)
– भविष्यको राज्यमा शासन (५९ः२०, ६०ः१८–२१)
– यशैया ५३ अध्याय पूरानो नियमको प्रभु येशू ख्रीष्टको मृत्युद्वारा परमेश्वरसँगको मिलापको महान् खण्ड हो ।