योएल पुस्तक सर्वेक्षण

लेखक
– योएल––उनको नामको अर्थ “परमप्रभु परमेश्वर हुनुहुन्छ” ।
– उनी राजा योआसको शासनकालमा यहुदाका भविष्यवक्ता थिए ।

मिति
– यो पुस्तक ८३५–७९६ इ.पू.मा लेखिएको थियो ।
– धेरैले यो विश्वास गर्दछन् कि भविष्यवाणी लेख्नेहरुमा सबैभन्दा जेठो योएल हुन् । सायद तिनी यशैया र इजिकिललाई चिन्दथे ।

विषयवस्तु
– परमप्रभुको दिन भन्ने वाक्यांश पूरानो नियममा ३० पटक प्रयोग भएको छ, अनि यस पुस्तकमा ५ पटक प्रयोग भएको छ ।
– तत्काल “परमप्रभुको दिन”
योएलको दिनहरुमा, सलहहरुको आक्रमण भएको थियो (१ः१–७; २ः१–११)
– समिपमा “परमप्रभुको दिन”
यो तब हुनेछ जब परमेश्वरले सबै अन्यजाति देशहरुको न्याय गर्नुहुनेछ र यहूदा र यरुशलेमको पुनःस्थापना गर्नुहुनेछ (२ः२८–३ः२१) ।
पहिलो “परमप्रभुको दिन” अक्षरशः पूरा भयो अब दोस्रो पनि पूरा हुनेछ ।

रुपरेखा
– चेतावनी — सलहहरुको आक्रमण (१ः१–२ः११)
– निवेदन — एघारौँ घण्टाको आशा (२ः१२–२७)
– शासन — पछिका दिनहरु (२ः२८–३ः२१)

चाबी पद
“अनि वस्त्रहरु होइन, तर आफ्नो हृदय च्यात, र परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्क ! किनभने उहाँ दयालु र अनुग्रहकारी र रिसाउनमा ढिलो र अति करुणामय हुनुहुन्छ, र त्यस विपत्तिको विषयमा पछुचाउनुहुन्न ।” योएल २ः१३

विशेष विशेषताहरु
– योएल “पञ्चग्रन्थका भविष्यवक्ता” थिए ।
— यो पुस्तकले मोशाको पुस्तकबाट २५ ओटा सन्दर्भ समेटेको छ ।
— सलहहरुको बारेमा मोशाले भविष्यवाणी गरेका थिए (व्यवस्था २८ः३८, ३९) ।
– योएललाई “पेन्तेकोस्टका भविष्यवक्ता” पनि भनिन्छ ।
— प्रेरित २ः१४– २१ चाहिँ योएल २ः२८,२९ को आशिं क पूर्ति हो ।
(नोट : पूर्ण पुरा चाहिँ अन्तिम दिनहरुमा हुनेछ ।)

पुस्तकमा ख्रीष्ट
– जसरी योएलले आत्माको आगमनको बारेमा प्रतिज्ञा गरे, त्यसरी नै ख्रीष्टले पनि । (यूहन्ना १४ः२६, १५ः२६, १६ः१३)
– योएल ३ः१६ र यूहन्ना ३ः१६ तुलना गर्नुहोस् ––ख्रीष्ट नै मुक्तिदातार र आशा दुबै हुनुहुन्छ ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *