योना पुस्तक सर्वेक्षण

लेखक
– योना ––उनी “भगुवा अगमवक्ता”को रुपमा चिनिन्छन् ।
– उनी उत्तरी राज्य, इस्राएलका भविष्यवक्ता थिए; तर यो पुस्तक निनेव, अश्शुरी राज्यको राजधानी, को सेवकाइमा केन्द्रित छ ।
– योना ठाँउ बाट भागेका थिएनन् तर व्यक्ति बाट भागे (१ः३) ।

मिति
– योनाको सेवाकाइको मिति ७८४–७७२ इ.पू.
– योनाले इस्राएलका राजा यारोबाम द्वितीयको पालामा भविष्यवाणी गरे (२ राजा १४ः२३–२५)

विषयवस्तु
– यो पुस्तकमा डुंगा, आधी, माछा, लौका र किराभन्ला बढी छ ।यसले परमेश्वरको कृपको २ खण्डहरु देखाउदँछ ।
– पश्चाताप गर्ने पापीहरु प्रति परमेश्वरको कृपा (निनेब)
– निनेब एउटा ठूलो शहर थियो – आकारमा ठूलो तर पापमा पनि ठूलो (१ः२)
– परमेश्वरले तिनीहरुको पश्चातापलाई सम्मान गर्नुभयो र पापीहरुमध्ये सबैभन्दा दृष्टलाई पनि कृपा गर्नुभयो । (२ः४–१०)
– विदा्रेही सन्तप्रति परमेश्वरको कृपा (योना)
– योनालाई ताडना (सजाय) दिनका लागी माछा पठाइएको थिएन, तर उनको संरक्षण गर्न र परमेश्वरकहाँ फर्काउन थियो (१ः१७, २ः१) ।
– अनिच्छुक बालकको जीवनमाथि बारम्बार, उहाँको कृपाले काम गर्दछ ।

रुपरेखा
१. योना र आँधी (अ. १)
२. योना र माछा (अ. २)
३. योना र शहर (अ. ३)
४. योना र परमेश्वर (अ. ४)

चाबी पद
“उठ, त्यस ठूलो शहर नीनवेमा जाऊ, र जुन सन्देश म तिमीलाई भन्छु, त्यो सन्देश त्यसलाई प्रचार गर ।” योना ३ः२

विशेष विशेषताहरु
– यो पुस्तकमा हामी परमेश्वरको मिसिनरी हृदय देख्न सक्छौँ ।
– परमेश्वरको कृपा सबै मानिसहरुमाथि फैलिएको छ, केवल इस्राएलको लागी मात्र होइन ।
– योना इस्राएलबाट पठाइएको पहिलो मिशिनरी थिए ।
– यो पुस्तकको केन्द्रिय बयान योना २ः९मा पाइन्छ…
उद्धार परमेश्वरबाटको होइन ।
– यो कथामा परमेश्वरले ४ ओटा कुराहरुलाई तयार गर्नभयो ः एउटा ठूलो माछा, एउटा लौकाको बोट, किरा र बतास ।
– योनाको पुस्तक आश्चर्यकर्मले भरिएको छ, दुवै शारीरिक रआत्मिक ।

पुस्तकमा ख्रीष्ट
– पूरानो नियममा योना मात्र एक अगमवक्ता हुन्, जससँग ख्रीष्टले तुलना गर्नुभयो । उनी चिन्ह थिए । (हे. मत्ती १२ः३९–४१ र लूका ११ः२९–३२)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *