रूथ पुस्तक सर्वेक्षण
लेखक
– सायद शमुएल भविष्यवक्ता ।
– रुथ १ः१ ले देखाउँदछ कि यो पुस्तक न्यायकर्ताहरुको समय पछाडी पछि हेर्दै लेखिएको हो ।
मिती
– यो पुस्तकका घटनाहरुले न्यायकर्ताहरुको समयको १०–१२ वर्ष समयावधिलाई समेट्दछ (करिब १३०० ई.पू.)
विषयवस्तु
“नजिकको नातेदारको छुटकारा”
– यो परमेश्वरको छुटकाराको अनुग्रहको एउटा परिवारको सुन्दर कथा हो ।
– यो कथाले नातेदारको भूमिकालाई केन्द्रित गर्दछ —“एक जसले छुटाउछ”
नातेदार—उद्धारक (छुटाउनेवाला नातेदार) को ३ ओटा योग्यताहरु ः (हेर्नुहोस् लेवी २५, गन्ती ३५)
१. उसँग छुटकारा दिने अधिकार सम्बन्धमा हुनुपर्छ (२ः१, ३ः९) ।
२. उसँग छुटकारा दिने सामथ्र्य हुनुपर्छ (३ः११, ४ः९)
३. ऊ छुटकारा दिनलाई खुशी हुनुपर्छ (३ः१३)
हामी जान्न सक्छौँ परमेश्वरको छुटकाराको अनुग्रह येशू ख्रीष्टद्वारा गर्नुभयो, जसले यी सबै योग्यताहरु पूरा गर्नुभयो ।
यो प्रेम कथा हो — यसले देखाउँदछ कि परमेश्वरको छुटकाराको योजना कर्तव्य होइन तर यो उहाँको हामी प्रतिको महान् प्रेम हो ।
रुपरेखा
क. प्रेमको समाधान (अध्याय १)
रुथको महान् छनौट
ख. प्रेमको प्रतिक्रिया (अध्याय २)
रुथको नम्र सेवा
ग.प्रेमको आग्रह (अध्याय ३)
रुथको कोमल आग्रह
घ.प्रेमको इनाम (अध्याय ४)
रुथको वैवाहिक खुशीहरु
चावी शब्दहरु
“छुटकारा”
“नातेदार”
चावी पद
रुथ ४ः१४
“अनि स्त्रीहरुले नाओमीलाई भने ः ‘परमप्रभु धन्यका होऊन्, जसले आज तिमीलाई छुटाउनेवाला नातेदारबिना छोड्नुभएको छैन, र इस्राएलमा उनको नाम प्रसिद्ध होस्’ ।”
विशेष विशेषताहरु
– यो कथाबाट सिक्नुपर्ने पाठहरु ः
१. एलिमेलेक — परमेश्वरकहाँ फर्कन इन्कार गरे
२. नाओमी — परमेश्वरको इच्छातिर फर्के
३. महलोन÷किल्योन — बाबुले जे छरे त्यसैको कटनी गरे
४. ओर्पा — साँचो परमेश्वरलाई इन्कार
५. रुथ — मुक्ति र यसका सबै लाभ पाए
– अनुग्रहसँगै तपाई कति टाढा जान सक्नुहुन्छ ?
…..मोआबबाट, रोटीको घर (बेथलेहम) भित्र, बोअजको फसलभित्र, संगतिको टेबलमा, दाँइ गर्ने ठाउँ (खला) सम्म, परिवार भित्र
पुस्तकमा ख्रीष्ट
– बोअज ( उहाँमा सामर्थी) ख्रीष्टको चित्र हो ।
१. ऊ चाहिँ परदेशीहरुलाई अनुग्रह गर्ने एक हुन् (२ः१०)।
२. उनले छुटकाराको पूरा मूल्य तिरे ।
३. नजिकको नातेदार (व्यवस्था)ले नगर्न र नसक्ने उनले गरे ।
४. ऊ कटनीको परमेश्वर हुन् ।
५. ऊ दुलहा हुन् ।
६. उनले अन्यजाति दुलही ल्याए ।
७. बेथलेहममा उनी प्रसिद्ध थिए (४ः११,१४)
1 comment