लेवी पुस्तक सर्वेक्षण

लेखक

मोशा 

– “परमप्रभु मोशासँग बोल्नुभयो” २७ ओटा अध्यायमा यो वाकांश करिब ३० पटक भेट्टिन्छ ।

– (लेवी १ः१) परमेश्वर अब निवासस्थानबाट बोल्दै हुनुहुन्छ — उहाँ आफ्ना मानिसहरु माझ बस्नुहुन्छ ।


मिती

दोस्रो वर्षको पहिलो महिना

(निस्तार चाड र निवासस्थान (पवित्रस्थान) ठडिनुबिचको एक वर्ष)


विषयवस्तु

“सम्बन्ध र संगति”

लेवीको पुस्तकले दुई ओटा प्रश्‍नको उत्तर दिन्छः

१. कसरी पापी मानिसहरु पवित्र परमेश्वरको नजिक आउन सक्छ, सम्बन्ध राख्‍न सक्छ ?

क.  बलिदानको माध्यमद्वारा — प्रायश्चित

ख. मध्यस्थकर्ताको माध्यमद्वारा — मध्यस्थता

२. कसरी मानिस पवित्र परमेश्वरको ठीक सम्बन्ध, संगतिमा रहन सक्छ ?

हेर्नुहोस् लेवी १९ः१,२,; २०ः७,८; — १ यूहन्ना १ः७ सँग तुलना गर्नुहोस् ।

– हामीलाई परमेश्वरको गुणहरु प्रतिबिम्व गर्ने आज्ञा छ ।

“पवित्र” — दृष्टहरुबाट परमेश्वरको निम्ति छुटाइएको (प्रस्थान ३३ः१६)

– हेर्नुहोस् भजनसंग्रह १५ र २४ः३–४


रुपरेखा

क. संगतिको आधार — बलिदान (अध्याय १–१७)

– परमेश्वर तर्फ हाम्रो बाटो – बलिदानद्वारा

ख. संगतिमा हिडाइ — अलगपना (अध्याय १८–२७)

– परमेश्वरसँग हाम्रो हिडाइ — पवित्रकरणद्वारा


चावी शब्दहरु

“पवित्रता” — ८७ पटक

“पवित्र” — ६५ पटक


चावी पद

लेवी १६ः३४

“अनि इस्राएलीहरुका निम्ति, तिनीहरुका सबै पापहरुको खातिर वर्षमा एकपल्ट प्रायश्चित गर्नलाई यो तिनीहरुका निम्ति सदा रहिरहने विधि होओस् ! अनि परमप्रभुले मोशालाई आज्ञा गर्नुभए अनुसार उनले गरे ।”


विशेष विशेषताहरु 

१. लेवी हिब्रुको पुस्तकको लागी अपरिहार्य टिप्पणी हो ।

२. पाचँ ओटा बलिदानहरुले ख्रीष्ट हाम्रो पापको निम्ति बलि हुनुभएको पूर्ण चित्र दिन्छ ।

– अध्याय १ होमबलि — छुटकारा

– अध्याय २ अन्नबलि — प्रायश्चित

– अध्याय ३ मेलबलि — मेलमिलाप

– अध्याय ४ पापबलि — न्याय

– अध्याय ५ दोषबलि — नयाँ जन्म


पुस्तकमा ख्रीष्ट

१. हारुन — ख्रीष्ट हाम्रो महापूजाहारी हुनुहुन्छ । (हिब्रु ९ः७, ११–१२)

२. बलिदानपूर्ण बलि — ख्रीष्ट हाम्रो पापहरुको लागी अन्तिम बलिदान हुनुहुन्छ । (हिब्रु ९ः१३–१४,२४–२६)

 

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *