विलाप पुस्तक सर्वेक्षण
- Book Survey
- July 21, 2020
- 0
- 861
- 1 minute read
लेखक
– यर्मिया—उनी टुटेका हृदयका भविष्यवक्ता थिए ।
– यो पुस्तक अघिल्लो पुस्तको “परिशिष्ट” हो ।
– यी दुवै पुस्तकहरुले बेबिलोनका राजा नबकुदनेसरले यरुशलेम विनाशको घटनालाई केन्द्रित गरेको छ ।
मिति
– यरुशलेमको विनाश इ.पू. ५८६ जुलाइ १९मा भयो र केही हप्तामा नै आगो लगाएर नष्ट गरियो ।
– विलाप यही बिछोड पछि तुरुन्तै लेखिएको हो ।
विषयवस्तु
– पाचँ खण्डको यो कवितालाई “कबरस्थानमा लेखिएको शोकगीत” पनि भनिन्छ । यो “दुःखको भारी वर्षा, आसुहरुको नदी, रुवाइको समुन्द्र” हो । (ब्याक्टर)
– भविष्यवक्तको शोकले परमेश्वरको शोकलाई प्रतिबिम्ब गर्दछ ।
– उनी आफ्ना मानिसहरु प्रति शोकित भए , तिनीहरुको पापको कारण
– उनी आफ्ना मासिहरु सँगै शोकित भए, तिनीहरुको कठोर ताडनाका लागी
– यो भारी शोकको बिचमा पनि त्यहाँ आशा थियो !विलाप ३ः२१–३२, यो पुस्तकको मुटु हो र भविष्यवक्ताको आशा । हाम्रो आशा करुणामय परमेश्वरमा छ ।
रुपरेखा
– यरुशलेमको दुर्दशा (अ.१)
– परमप्रभुको क्रोध (अ.२)
– यर्मियाको शोक (अ. ३)
– परमप्रभुको क्रोध (अ. ४)
– यरुशलेमको प्रार्थना (अ. ५)
चाबी पद
“परमप्रभुका करुणाहरुको कारणले हामी नष्ट भएनौँ ; किनभने उहाँका कोमल कृपाहरुको अन्त हुदैन । हरेक बिहान ती नयाँ नयाँ हुन्छन् ; तपाईको विश्वासयोग्यता महान् छ ।” विलाप ३ः२२–२३
विशेष विशेषताहरु
– यो पुस्तक पाँच खण्डको हिब्रु कविता हो, जुन एक्रोसिट ( वर्णक्रम)मा लेखिएको छ । अध्याय १ देखी ५ सम्म नै प्रत्येकमा २२ पदहरुछन्। हिब्रु वर्णमालामा २२ ओटा अक्षरहरु हुन्छन् । प्रत्येक पद क्रमसँग आउने अक्षरबाट शुरु हुन्छ । अध्याय ३ मा ६६पदहरु छन् ; तापनि वर्णक्रम मिलाइएको छ, तर पदहरु तिम्ल्याह (ट्रिप्लेट)रुपामा छन् ।
य यर्मिया आफ्नो टुटेको बोली र पूर्ण शोक व्यक्त गर्दछ—ऊ “क” देखि “ज्ञ” सम्म रुदै छन् ।
पुस्तकमा ख्रीष्ट
– यर्मिया आफैँ नै प्रभु येशुको चित्रण दिदछन् । ऊ दुःखका मानिस र शोकले अभ्यस्त मानिस थिए । (मत्ती १६ः१३–१४, २३ः३७–३९)