श्रेष्ठगीत पुस्तक सर्वेक्षण
- Book Survey
- July 20, 2020
- 0
- 607
- 1 minute read
लेखक
– मानविय लेखक सोलोमन हुन् । सोलोमनको १,००५ गीतहरुमध्ये (१राजा ४ः३२), यी सबैभन्दा महत्वपूर्ण हुन् ।यो चाहि श्रेष्ठगीत हो (१ः१) ।
मिति
– सोलोमनले यो पुस्तक आफ्नो शासनकालको शुरुमा नै लेखे, जतिबेला उनी जवान र प्रेममा थिए । ( करिब ९६५ इ.पू.)
विषयवस्तु
– यो गीतले एक पुरुष र उनको पत्नीको सत्य, आनन्दित प्रेमको कथा बताउँदछ, त्यो प्रेमले सत्य, ईश्वरीय प्रेमको बारेमा चित्रण गर्दछ परमेश्वर र उहाँको मानिस बिचको ।
– इस्राएल यहोवा परमेश्वरको पत्नी भनिएको छ (यशैया ५४ः५,६) ।
– मण्डली परमेश्वरको दुलही भनिएको छ (एफेसी ५ः२३–२५) ।
– प्रत्येक विश्वासी प्रभु येशू ख्रीष्टसँगको प्रेमिलो एकतामा प्रवेश गरेको छ (रोमी ८ः३५–३९, एफेसी ३ः१७–१९)
– यस गीतमा प्रेमको घनिष्ठता विवाहको एकतामा देखाएको छ जुन घनिष्ठताचाहिँ हाम्रो प्रभु ख्रीष्टसँगको आत्मिक एकतामा छ ।
– एकता––मेरो प्रिय मेरा हुनुहुन्छ, र म चाहिँ उहाँकी हूँ ।
– संगति––मलाई तिम्रो स्वर सुन्न देऊ ।
रुपरेखा
– विवाहपूर्वका दिनहरु – (१ः१–३ः५)
– विवाह – ( ३ः६–५ः१)
– विवाह पछिका जीवन – (५ः२–८ः१४)
चाबी पद
“म मेरा प्रियकी हूँ , र मेरा प्रिय मेरा हुनुहुन्छ; उहाँ लिली फूलहरुको बिचमा चर्नुहुन्छ ।” श्रेष्ठगीत ६ः३
विशेष विशेषताहरु
– यस पुस्तकले पवित्र सम्मानको बारेमा जोड दिन्छ जुन चाहिँ परमेश्वरले एक पति र पत्नीका एकतामा राख्नुहुन्छ ।
– सि. एच. स्पर्जेनले यस पुस्तकलाई “बाइबलको पवित्रहरुको पनि पवित्र” भन्दछन् ।
पुस्तकमा ख्रीष्ट
– “शारोनको गुलाफ र बेशीहरुको लिली” फूल येशू ख्रीष्ट हुनुहुन्छ (२ः१) ।
– “दस हजारमा उत्तम” ख्रीष्ट हुनुहुन्छ (५ः१०) ।
– प्रभु येशू “बिलकुलै मनोहर” हुनुहुन्छ (५ः१६) ।