सपन्याह पुस्तक सर्वेक्षण
- Book Survey
- July 28, 2020
- 0
लेखक
– सपन्याह – अर्थ “यहोवाद्वारा लुकाइएको वा सुरक्षित”
– उनले यहूदाका अन्तिम असल राजा योशियाहका समयमा सेवकाइ गरे।
– यो सम्भव छ कि उनी राजकीय घरानाका थिए ।
मिति
– यो पुस्तक ६३६–६२३ इ.पू.मा लेखियो ।
– यो समयको ऐतिहासिक पृष्ठभुमिका लागी २ राजा २२–२३ र २ इतिहास ३४–३५ हेर्नुहोस् ।
विषयवस्तु
“न्याय हुदै आशिषतर्फ”
– सपन्याहको दुई खण्डको सन्देशको भिन्नता यस पुस्तकको शुरुवात र अन्तमा देखिन्छ ः
“ म सबै थोकहरु बिलकुलै मेटाइदिनेछु..।” (१ः२)
“ म तिमीहरुका निम्ति एउटा सुनाम र प्रशंसा कमाइदिनेछु…।” (३ः२०)
— न्यायको आगो
य यहूदाको वर्तमान पापले वर्तमान न्यायलाई बोलाउदैछ ।
“परमप्रभुको दिन नजिकै छ ” (१ः७, १४–१८) । यहूदाको पतन भन्दा ५० वर्ष अघि नै यो भविष्यवाणी दिइएको थियो ।
– आशिषको भरपूरी
य वर्तमान न्यायको बिचमा पनि, परमेश्वरसँग महिमित अन्त र उद्देश्य छ ।
“परमप्रभुले तेरो न्याय हटाइदिनुभएको छ…” (३ः१५) ।
रुपरेखा
१. आफैँ भित्र हेर ! (अ. १ः१–२ः३)
२. वरपर हेर ! (अ. २ः४–३ः८)
३. भविष्य हेर ! (अ. ३ः९–२०)
चाबी पद
“अनि त्यस समय यस्तो हुनेछ – बत्तीहरु लिएर म यरुशलेमको खोजतलाश गर्नेछु, र ढुक्कसँग बस्ने मानिसहरुलाई दण्ड दिनेछु, जसले आफ्नो हृदयमा भन्छन् ः परमप्रभु न असल गर्नुहुन्छ, न ता खराब नै गर्नुहुन्छ ।” सपन्याह १ः१२
विशेष विशेषताहरु
– सपन्याह यर्मियाका समकालिन थिए तापनि स्पष्टरुपमा यर्मिया उनीभन्दा धेरै वर्ष बाचे । ( हे. यर्मिया १ः२) ।
– सपन्याहको सन्देश तुरुन्त कार्यान्वयनका लागी आपतकालिन चिन्ह थियो (१ः१४–१५,२ः१–२) । एक उदासिन राज्य (१ः१२)लाई परमेश्वरको वचनद्वारा ब्युझाउने कार्य भविष्यवक्ताको थियो ।
पुस्तकमा ख्रीष्ट
– ख्रीष्ट “इस्राएलको राजा” हुनुहुन्छ । (३ः१५)
– ख्रीष्ट “तिनीहरुबीचको परमेश्वर” हुनुहुन्छ ।
उहाँ न्यायको बीचमा हुनुहुन्छ ।(३ः५)
उहाँँ बचाउनका लागी बीचमा हुनुहुन्छ । (३ः१५–१७)