हबक्कुक पुस्तक सर्वेक्षण
- Book Survey
- July 27, 2020
- 0
- 756
- 1 minute read
लेखक
– हबक्कूक – उनको नामको अर्थ हुन्छ “जसले अंकमाल गर्छन् ” ।
ड्ड उनी यर्मियाका समकालिन थिए ।
मिति
– यो पुस्तक ६२२–६०५ इ.पू.मा लेखियो ।
– बेबिलोनीहरुले यरुशलेमलाई पहिलोपटक ६०५ इ.पू.मा घेरा हाले । यरुशलेम इ.पू. ५८६ मा पूर्ण रुपमा नष्ट गरियो ।
विषयवस्तु
“धर्मी विश्वासद्वारा जिउँदछ ।”
– यो पुस्तक परमेश्वर र भपिष्यवक्ता हबकूकबीचको संवादको अभिलेख हो जब परमेश्वरले यहूदाको न्याय हातमा रहेको उनलाई दर्शाउनुभयो।
१. अध्याय १ —हबकूक बोझ भएका मानिस थिए ।
– आफ्नो राष्टमा परमेश्वरले काम गर्नुभएको उनी चाहन्थे ।
२. अध्याय २ —हबकूकले परमेश्वरको उत्तर पर्खे ।
– परमेश्वरले भन्नुभयो कि उहाँले यहूदाको न्याय गर्नुहुनेछ र बेबिलोनको पनि ।
३. अध्याय ३ — हबकूक पुनरुद्धारका लागी प्रार्थना गर्छन् र परमेश्वरको प्रंशसा गर्दछन् ।
– उनलाई थाहा थियो कि न्याय अपरिहार्य थियो, तापनि ऊ पुनरुद्धारको निम्ति परमेश्वरको खोजि गरे र परमेश्वरको प्रंशसा गरे ।
– कसरी यो भविष्यवक्ताले आफ्ना बोझहरुलाई आशिषमा र रुवाइहरुलाई गीतमा बदले ? यसको उत्तर यस पुस्तकको मुटुमा छ —“विश्वासद्वारा ” (२ः४) ।
रुपरेखा
१. एउटा बोझ (अ. १)
२. एउटा दर्शन (अ. २)
३. एउटा प्रार्थना (अ. ३)
चाबी पद
“हेर त्यसको मन, जो घमन्डले फूलिएको छ, त्यो त्यसभित्र सीधा छैन ; तर धर्मी जन आफ्नो विश्वासद्वारा जिउनेछ ।” हबक्कूक २ः४
विशेष विशेषताहरु
– हबकूक २ः४ नयाँ नियममा ३ पटक उद्धगरण गरिएको छ ––
रोमी १ः१७, गलाती ३ः११ र हिब्रु १०ः३८
– इस्राएल राष्टको धेरै पहिले देखि ३ ठूला शत्रुहरु थिए –– एदोमीहरु, अश्शूरीहरु र बेबिलोनीहरु ।
१. ओबद्याह — एदोमको भाग्यमा छाप लगाउँदछन् ।
२. नहूम — अश्शूरको विनाशको भविष्यवाणी गर्दछन् ।
३. हबकूक — बेबिलोनीहरुमाथिको न्याय देखाउँदछन् ।
पुस्तकमा ख्रीष्ट
– ख्रीष्टले मात्र विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ (२ः४) ।
(हे. प्रेरित १३ः३८–३९ र गलाती २ः१६)
– ख्रीष्ट नै हाम्रो मुक्तिको परमेश्वर हुनुहुन्छ (३ः१८) ।