हाग्गै पुस्तक सर्वेक्षण
लेखक
– हाग्गै – (हे. १ः१, एज्रा ५ः१, ६ः१४) ।
– हाग्गै जकरियाका समकालिन थिए ।
– हाग्गै कैदमा जन्मेका थिए र यरुबाबेलको नेतृत्वको पहिलो फिर्तीमा यरुशलेम गएका थिए ।
मिति
– यो पुस्तक ५२० इ.पू.मा लेखियो ।
– ऐतिहासिक पृष्ठभुमिका लागी एज्रा १–६ पढ्नुहोस् ।
विषयवस्तु
“भवन निर्माण गर”
– परमेश्वरका जनहरुको उदासिनता
य राजा कोरेसको यहूदीहरुलाई यरुशलेमको मन्दिर पुननिर्माण गर्ने उर्दी दिएपछि (एज्रा १ः१४), यरुबाबेलको नेतृत्वमा करिब ५०,००० कैदीहरु फर्के ।
य तिनीहरुले मन्दिरको जग २ वर्षमा नै हाले तर विरोधीहरुको कारण काम बन्द भयो । चौध वर्षसम्म काम ठप्प भयो । त्यसपश्चात परमेश्वरले हाग्गै र जकरिया भविष्यवक्तालाई चलाउनुभयो, काम अन्त गर्न र “भवन निर्माण गर्न ” ।
– भविष्यवक्तको सन्देश
अ. यो निर्माणको समय हो । (१ः२,८)
– यो विचार गर्ने समय हो । (१ः४–७)
– यो अभिप्रेरितको समय हो । (१ः१४)
– यो काम गर्ने समय हो । (२ः४)
उ. यो परमेश्वरमाथि विश्वास गर्ने समय हो । (२ः७,९,२२)
रुपरेखा
– पहिलो सन्देश — जाग्नु (अ. १ः१–१५)
– दोस्रो सन्देश — सहयोग गर्नु (अ. २ः१–९)
– तेस्रो सन्देश — पुष्टि गर्नु (अ. २ः१०–१९)
– चौथो सन्देश — आश्वासन दिनु (अ. २ः२०–२३)
चाबी पद
“पहाडमाथि चढ, काठ ल्याओ र भवन बनाओ ! अनि म यस कुरामा प्रसन्न हुनेछु , र महिमित हुनेछु, परमप्रभु भन्नुहुन्छ ।” हाग्गै १ः८
विशेष विशेषताहरु
– हाग्गैबाट सिक्ने मुख्य शिक्षा ः
– आशिषको शिक्षा । (१ः९, २ः१८–१९)
य यदि हामीले परमेश्वरको आज्ञापालन ग¥यौ र उहाँको कार्यहरुमा ध्यान दियौ भने उहाँले हाम्रो वास्ता गर्नुहुनेछ । (मत्ती ६ः३३)
– निर्माणको शिक्षा । (१ः८)
य परमेश्वरको कार्य गर्दा हाम्रो उद्देश्य यही हुनुपर्छ कि उहाँलाई खुशी पार्नु र उहाँको महिमा गर्नु ।
– बाइबल प्रचारको शिक्षा । (१ः१३–१४)
य परमेश्वरको वचन प्रचार पछि मानिसहरुको हृदय आज्ञापालनको लागी अभिप्रेरित भयो ।
पुस्तकमा ख्रीष्ट
– ख्रीष्ट “सबै राज्यहरुको चाहना” हुनुहुन्छ (२ः७) ।