हितोपदेश पुस्तक सर्वेक्षण

लेखक
– मुख्य मानव लेखक सोलोमन हुन् (१ः१)।
– १ राजा ४ः३२ ले हामीलाई बताउदछ कि सोलोमनले ३,००० हितोपदेश बोले । ती मध्ये करिब ८०० यस पुस्तकमा छन् ।

मिति
– धेरै जसो हितोपदेश करिब ९५०–९०० इ.पू. मा लेखिए ।
– हिजिकियाहका दिनहरुमा तिनीहरुलाई संकलन गरिएको अनुमान गरिन्छ (करिब ७०० इ.पू.) ।

विषयवस्तु
“पृथ्वीमा जीवनका लागी स्वर्गबाट व्यवस्था”
– यो हाम्रो दैनिक जीवनका लागी स्वर्गीय बुद्धिको पुस्तक हो ।
– हितोपदेश = समझदार गहिरा सत्यताहरु भिन्न तरिकाले दिइएका जसले गर्दा तिनीहरुलाई बिर्सन भन्दा सम्झन सजिलो हुन्छ ।
– उद्देश्यको बयान (१ः१–७)
– त्यो मानिस जो परमेश्वरको भय मान्दछ, सहीरुपले बुद्धिमान हुनसक्छ ।
– हितोपदेशको संरचना
– केही विपरित छन् (१४ः४, १७ः२२) –प्राय जसो
– केही पूरा गर्ने छन् (९ः१०, १६ः३)
– केही तुलना गरिएको छ (१५ः१६,१६ः८)
– धेरै जसोमा रंगीन काल्पनिकले जीवन्त बनाएकोछ (२५ः१२, १९, २५, २८, २६ः२०, २७ः१५)

रुपरेखा
– प्रस्तावना – (१ः१–७)
– भनाइ – ( १ः८–अ.२९)
– निष्कर्ष – (अ. ३०–३१)

चाबी पद
“परमप्रभुको भय नै ज्ञानको शुरु हो; तर मूर्खहरुले बुद्धि र शिक्षालाई तुच्छ ठान्दछ ।” हितोपदेश १ः७

विशेष विशेषताहरु
– भजनसंग्रह र हितोपदेश बिचको तुलना
भजनसंग्रह हितोपदेश
हाम्रो आराधाना हाम्रो हिडाइ
भक्ति व्यवहार
विश्वासीहरु घुडामा विश्वासीहरु खुट्टामा
– चरित्रवान् स्त्री – हितोपदेश ३१ः१०–३१

पुस्तकमा ख्रीष्ट
– अध्याय ८मा, बुद्धिलाई व्यक्तिकरण गरिएको छ । यो ख्रीष्टको चित्रण हो, जो बुद्धि हुनुहुन्छ (हे. १कोरिन्थी १ः३०)
– ख्रीष्ट त्यो मित्र हुनुहुन्छ जो भाइ भन्दापनि नजिकको हुनुहुन्छ (१८ः२४)

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *