१ शमूएल पुस्तक सर्वेक्षण
लेखक
(सम्भवतः धेरै)
– शमुएलको अर्थ — “परमेश्वरसँग मागिएको” ।
– नातान, गाद र अन्य भविष्यवक्ताहरुको समूह (१ इतिहास २९ः२९)
मिती
– घटनाहरुले ११५ वर्ष समयावधिलाई समेट्दछ — शमूएलको जन्मदेखि शाउलको मृत्यूसम्म
– करिब १००० इ.पू. मा संकलित
विषयवस्तु
“इन्कार”
१. परमेश्वरले एलीलाई इन्कार गर्नुभयो र शमूएललाई चुन्नुभयो ।(१ः११–१४,१९–२०)
२. मानिसहरुले परमेश्वरलाई इन्कार गरे र राजालाई चुने । (८ः७)
३. शाउलले परमेश्वरलाई इन्कार गरे र आफैँलाई चुने । (१३ः८–१४; १५–१७)
४. परमेश्वरले शाउललाई इन्कार गर्नुभयो र दाउदलाई चुन्नुभयो । (१५ः२३–२६ ; १६ः११–१४)
रुपरेखा
क. शमूएलः अन्तिम न्यायकर्ता (अध्याय १–७)
ख. शाउलः पहिलो राजा (अध्याय ७–१५)
ग. दाउदः अभिषिक्त उत्तराधिकारी (अध्याय १६–३१)
चावी शब्दहरु
“राज्य”
चावी पद
१ शमूएल ८ः७
“अनि परमप्रभुले शमूएललाई भन्नुभयो ः ‘मानिसहरुले तिमीलाई भनेका सबै कुराहरुको सम्बन्धमा तिनीहरुको कुरा मान ; किनभने तिनीहरुले तिमीलाई रद्द गरेका होइनन्, तर मैले तिनीहरुमाथि शासन नगँरु भनी मलाई पो रद्द गरेका हुन्’ ।”
विशेष विशेषताहरु
१. यो पुस्तक संक्रमण (रुपान्तरण)को हो……
– ईश्वरतन्त्रबाट राजतन्त्रसम्म
– न्यायकर्ताहरुको राष्ट्रमण्डलबाट मुकुटसम्म
२. शमूएल संक्रमणकालिन हुन् ः
– उनी न्यायकर्ताहरुमा अन्तिम हुन् ।
– उनले राजतन्त्रको स्थापना गरे ।
– उनले भविष्यवाणीको कार्यालय स्थापना गरे ।
(प्रेरित ३ः२४ ; १३ः२० ; हिब्रु ११ः३२) उनी पहिलो अगमवक्ता हुन् ।
३. शाउलबाट शिक्षाहरु ः
– प्राकृतिक क्षमताहरु परमेश्वरलाई दिइएनन् भने श्राप हुन्छन् ।
क. सुन्दरता (९ः२०) — घमन्ड (१८ः८)
ख. जोशिलो (११ः७) — विद्रोह (२०ः३१)
ग. बहादुर (१३ः३) — लापरबाही १४ः२४)
– अपूर्ण आज्ञाकारिता पूरा अनाज्ञाकारिता हो ।
– ईष्र्याले तपाईको जीवन नष्ट गर्दछ ।
पुस्तकमा ख्रीष्ट
शमूएलको सेवाकाइः
१. भविष्यवक्ता÷अगमवक्ता (२ः२७–३५)
२. पूजाहारी (२ः३५)
३. मध्यस्थकर्ता (७ः५–८)
४. न्यायकर्ता (७ः१५–१७)