२ इतिहास पुस्तक सर्वेक्षण
- Book Survey
- July 10, 2020
- 0
- 901
- 1 minute read
लेखक
– एज्रा —फर्किएकाहरुको लेखको निरन्तरता ।
मिती
– इ.पू. ४३५–४०० —निर्वासन पश्चात
– घटनाहरु १ र २ राजाहरुको पुस्तकसँग समानान्तर छन् ।
विषयवस्तु
“तपाई परमेश्वरसँग जे गर्नुहुन्छ त्यसले परमेश्वरले तपाईसँग के गर्नुहुनेछ भनि निर्धारण गर्दछ !”
– यो सुलेमान र यहूदाका राजाहरुको कथा हो — जब तिनीहरुले परमेश्वरलाई पछ्याए, उहाँ तिनीहरुको लागी लड्नुभयो; जब तिनीहरु अन्य देवताहरुका पछि लागे, तिनीहरुले हार भोगे ।
– यो २ इतिहास ७ः१४–२२ र १५ः१–४मा स्पष्ट देखिन्छ ।
परमेश्वरको भाग मानिसको भाग
रुपरेखा
– सुलेमानको ४० वर्षे राज्य (अध्याय १–९)
– निर्वासनतिर यहुदाको इतिहास (अध्याय १०–३६)
चावी शब्दहरु
“स्थापना गरे”
“परमेश्वरलाई खोज”
चावी पद
२ इतिहास ७ः१४
“मेरो नामले कहलाइएका मेरा जनहरुले आफूलाई नम्र तुल्याए, प्रार्थना गरे र मेरो चेहराको खोजी गरे अनि आफ्नो दृष्ट चालहरुबाट फर्के भने म स्वर्गबाट सुन्नेछु, उनीहरुको पाप क्षमा गरिदिनेछु र उनीहरुको देशलाई निको पारिदिनेछु ।”
विशेष विशेषताहरु
१. परमेश्वरको डर मान्ने यहूदाका राजाहरुमा बिशेष जोड दिइएको छ, जसले आध्यात्मिक (धार्मिक) सुधार गरे ।
– आसा, यहोशापात, योआश, हिजकिया, योशियाह
२. इतिहासहरुको पुस्तकले निर्वासन अघि र निर्वासनका आखिरी समयलाई सही तरिका जोड्छ ।
– इतिहास — परमेश्वरको मानिसको इतिहासको पूर्वालोकन
– एज्रा — मन्दिरको पूनःस्थापना
– नहेम्याह — यरुशलेमको पर्खालको पूनः निमार्ण
– एस्तर — तितरवितर पारिएका यहूदीहरुको संरक्षण
पुस्तकमा ख्रीष्ट
१. उहाँ हाम्रो कप्तान हुनुहुन्छ (१३ः१२)
य उहाँ नै एक हुनुहुन्छ, जो हाम्रो लागी लडाइ लड्नुहुन्छ ।
२. उहाँ नै हुनुहुन्छ जसको नियन्त्रणमा राजाहरु र राज्यहरु छन् — ३६ः२२,२३ ।