२ शमूएल पुस्तक सर्वेक्षण
- Book Survey
- January 14, 2020
- 0
- 857
- 1 minute read
लेखक
– सम्भवतः नातान र गादका लेखहरु । (१ इतिहास २९ः२९)
– सम्झनुहोस्, हिब्रु पूरानो नियममा १ र २ शमूएल एउटै पुस्तक हुन् — शमूएलको पुस्तक
मिती
– यो पुस्तकले ४० वर्ष समेट्छ — दाउदको राज्य (५ः४–५)
– ७ वर्ष ६ महिना—हेब्रोनमा बसेर यहूदामाथि
– ३३ वर्ष—यरुशलेममा बसेर सारा इस्राएलमाथि
विषयवस्तु
“विजय र समस्या”
विजय पापद्वारा समस्यामा बदलिन्छ ।
१. विजय विश्वासको नतिजा हो
– अध्याय १–१० दाउदलाई पराजय थाहा छैन ।
– ऊ परमेश्वरको हृदय भएको मानिस हो ।
२. समस्या पापको नतिजा हो ।
– अध्याय ११ — दाउद व्यक्तिगत पराजयको महशुस गर्दछन् ।
– ऊ टुटेको हृदय भएको मानिस हो ।
– सबै पाप, चाहे राजा होउन् वा किसान, तीतो पिडा ल्याउँदछ ।
रुपरेखा
क. दाउदको विजयहरु (अध्याय १–१२)
ख. दाउदको समस्याहरु (अध्याय १३–२४)
चावी शब्दहरू
“राजा”
“परमेश्वरको अघि”
चावी पद
२ शमूएल ५ः४–५
“राज्य गर्न शूरु गर्दा दाऊद तीस वर्षका थिए; अनि उनले चालीस वर्ष राज्य गरे । हेब्रोनमा उनले यहूदामाथि सात वर्ष छ महिना राज्य गरे; अनि यरुशलेममा उनले सारा इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्य गरे ।”
विशेष विशेषताहरू
– दाऊदको पापबाट सिक्नुपर्ने पाठहरूः
१. सम्बृद्धिको दिनमा होशियार ।
२. पापले सधैँ ठूला पापतिर डो¥याउँदछ ।
३. पतन चाहिँ आफैँभित्रको पतनसँगै आउँछ ।
४. पापले खराबहरुको उत्पादनको कटनी गर्दछ ।
५. एक मानिसको पापले धेरैको जीवनलाई प्रभाव पार्छ ।
– बाइबलमा अरु व्यक्तिभन्दा दाऊदलाई धेरै उल्लख गरिएको छ ।
– भजनसंग्रह ५१ले दाऊदको टुटेको र आफ्ना पापप्रति पश्चातापी हृदयलाई प्रकट गर्दछ ।
पुस्तकमा ख्रीष्ट
१. दाऊदका प्रतिज्ञाहरु येशू ख्रीष्टमा मानिसमा पूरा हुनेछन् । (लूका १ः३२–३८)
२. दाऊद र मपिबोशेत (अध्याय ९)
– एक असहाय अपांग, स्वभावले शत्रु, राजाको परिवारको सदस्य बनाइयो (एफेसी ४ः३२—“ख्रीष्टको खातिर”)