एज्रा पुस्तक सर्वेक्षण

लेखक
– एज्रा —परमेश्वर सहायता गर्नुहुन्छ
– एज्रा मुलतः धार्मिक नेता थिए, राजनीतिक वा सैन्य नेता होइन ।
– एज्रालाई ‘निपूर्ण (तयारी) शास्त्री’ भनिएको छ —(पवित्रशास्त्रको पूरानो नियममा अनुवादक तथा शिक्षक)
– हेर्नुहोस् एज्रा ७ः१–६

मिति
– इ.पू. ४५६ पश्चात
– बेबिलोनको कैदबाट यहुदीहरुको फर्काइ ३ खण्डमा थियो ।
बेबिलोनिकको कैद जरुबाबेल—पहिलो फर्काइ एज्रा—दोस्रो फर्काइ नहेम्याह—तेस्रो फर्काइ

इ.पू. ५८६ इ.पू. ५३६ इ.पू. ४५६ इ.पू. ४४४

विषयवस्तु
“फर्किरहेका अवशेषहरु”
– एज्राको पुस्तकले बेबिलोनी कैदबाट फर्केका पहिलो २ ओटा घटनाहरुलाई समेट्दछ ः
पहिलो फर्काइ—करिब ५०,००० यहूदीहरु फर्के
अगुवा ः जारुबाबेल — उनी राजनीतिक नेता थिए, राज्यपाल थिए, साथै एक आत्मिक व्यक्ति पनि थिए; उनको नेतृत्वमा यरुशलेममा परमेश्वरको मन्दिरको पूनः निर्माण भयो ।
दोस्रो फर्काइ—करिब २,००० यहूदीहरु फर्के
अगुवा ः एज्रा — उनी मूलतः धार्मिक अगुवा थिए; उनले मन्दिरमा आराधाना पूनःस्थापना गरे ।
– ती कैदीहरु, बेबिलोनमा हुर्किए तापनि, आशिषको देशमा र उपसनाको देशम फर्काइयो । परमेश्वरले उहाँलाई नचिन्ने राजा, कोरसलाई प्रयोग गर्नुभयो (१ः१–४), ती यहूदीहरुलाई फर्काउनका निम्ति ।

रुपरेखा
– जारुबाबेलको अधिनमा फर्काइ (अध्याय १–६)
मुख्य उपलब्धि — मन्दिरको पूनः निर्माण
– एज्राको अधिनमा फर्काइ (अध्याय ७–१०)
मुख्य उपलब्धि — मानिसको पुनः विभाजन
चाबी शब्द
“बनाए”
“परमेश्वरको हात”
चाबी पद
एज्रा ७ः१०
“किनकि एज्राले परमप्रभुको व्यवस्थाको खोजी गर्न, त्यसलाई पालन गर्न अनि इस्राएलमा त्यसका विधिहरु र नियमहरु सिकाउनलाई आफ्नो हृदय तयार पारेका थिए ।”
विशेष विशेषताहरु
– ती कैदीहरुको फर्काइ भविष्यवाणीहरुको प्रत्यक्ष पूरा हुवाइ थियो । परमेश्वरले आफ्नो वचन पूरा गर्नुभयो ! (यशैया ४४ः२४–४५ः३; यर्मिया २५ः८–११,२९ः१४)
– परमेश्वरले भविष्यवक्ताहरु हाग्गै र जकर्याहद्वारा जारुबाबेलको समयमा मन्दिरको पूननिर्माणका लागी मानिसहरुलाई चलाउनुभयो ।
– एस्तरको पुस्तक एज्रा अध्याय ६ र अध्याय ७ को बिचमा उपयुक्त हुन्छ, —(६० वर्षको शुन्यता)
पुस्तकमा ख्रीष्ट
– कोरस — परमेश्वरको अभिषित भनिएको, ख्रीष्टको चित्र (हेर्नुहोस् ः यशैया ४५ः१)
य उनले इस्राएलका शत्रुहरुमाथि विजय भए ।
य उनी पवित्र शहरको पूनस्थापक हुन् ।
य उनले परमेश्वरको नामलाई महिमित पारे ।

Related post

Leave a Reply

Your email address will not be published. Required fields are marked *