दानियलको पुस्तक परिचय
- Article Bible Study Articles
- October 28, 2024
- 0

‘भोलि’ शब्द ‘अनिश्चय’ अनि ‘अज्ञानता’को प्रतिक हो। सायद भोलि कहिल्यै आउँदैन। भोलि हुने घटना-परिघटना को जान्दछ र? भोलि हुने घटना बारे तैपनि धेरैले अडकलबाजी गरेका हुन्छन्। भोलि बारे जान्न धेरैको जिज्ञाशा हुन्छ। भोलि के होला अर्थात् मेरो भविष्य के छ, कसो हो भन्ने संबन्धमा धेरैले जान्न चाहेका हुन्छन्। मानव जिज्ञाशाहरूको जवाफ दिन त्यसैले धेरैले हात हालेका हुन्छन्। यसका निम्ति धेरै व्यक्ति, चिज वा साधनहरूको प्रयोग भएका हुन्छन्। भविष्य जान्नको निम्ति पात्रो हेर्ने, चिना हेर्ने, जोखना हेर्ने, भविष्य बताउनेहरू बाहेक सुगा र खामहरू, चामलका गेडा, आधुनिक मेसिन आदि आदिका प्रयोग भएको पाइएको छ। तर के तिनलाई भोलि वा भविष्यबारे पक्का ज्ञान छ? होला यदाकदा केही कुराहरूको छेउ टुप्पो मिलिहाल्ल। तर उसलाई वास्तवमै भोलिको विषयमा ज्ञान छ? यो एक गम्भिर प्रश्न हो। विभिन्न धर्मशास्त्रहरू लेखिए, दर्शनहरू लेखिए जसमा भविष्यबारे लेखिए। तिनका तथ्य र वास्तविकता सम्बन्धमा सचेत मानव जातिले लेखाजोखा गरे र मूल्यांकन गरे। लेखिएका ती पुस्तकहरूमा बाइबल सबै भन्दा उत्कृष्ट र सत्य पाइएको हो। बाइबल जाहेज र सही ठहरिनुको एक कारण बाइबल भविष्यवाणीहरू अक्षरशः पूरा हुनु हो। बाइबललाई भविष्यवाणीहरूको पुस्तक पनि भनिएको छ। बाइबलको करिव एक तिहाई खण्ड भविष्यवाणीहरूले भरिएको छ। ती भविष्यवाणीहरू ठूलो मात्रामा पूरा भइसकेको पाइएको छ। यसले पुष्टि गर्दछ कि बाइबल एक अचम्भित र सत्य पुस्तक हो।
बाइबलका भविष्यवाणी पुस्तकहरूमा दानियलको पुस्तकलाई अन्तिम दिनहरूको संबन्धमा भविष्यवाणी गर्ने एक महत्वपूर्ण पुस्तक मानिन्छ। त्यति मात्र होइन यस पुस्तकलाई बाइबल भविष्यवाणीहरूको चाबी पुस्तक नै मानिन्छ। पुस्तक प्रकाश एवं अन्य पुस्तकहरूका भविष्यवाणीहरू बुझ्न पुस्तक दानियल बुझ्न अपरिहार्य हुन्छ। यसले बाइबल भविष्यवाणीहरूको रेखांकन गरेको छ। यसर्थ यस पुस्तकलाई प्रकाशन गर्नु उपयुक्त र सान्दर्भिक देखिएकोले यसलाई प्रकाशन गरिएको छ। पुस्तकको अध्ययनबाट यहाँहरूले निकट भविष्यमा चाँडै हुन आउने घटनाहरूको विस्तृत खाका पाउनुहुनेछ। भविष्यवाणी सम्बन्धि अध्ययनमा यहाँहरूको चासो र जिज्ञाशूहरूमा परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। यसलाई अध्ययन गरी, बुझी, पालन गर्नेहरू धन्य हुनेछन्।
– पास्टर डा. यू. जे. गुरूङ
दानियलको टिप्पणी पुस्तक अध्ययनको लागि तलको लिंकबाट पुस्तक खरिद गर्न सक्नुहुन्छः
दानियलः बाइबल भविष्यवाणीहरूको चावी