अय्यूब १:६ मा शैतान परमेश्वरको सामु हाजिर भएको घटना उल्लेख गरिएको छ। के साँच्चै शैतान स्वर्गमा परमेश्वरको सामु जान सक्छ? के शैतान स्वर्गबाट फालिएको होइन र? २ इतिहास १८:१८-२२ को खण्ड पढ्दा पनि शैतान परमेश्वरको सामु हाजिर भएको संकेत मिल्दछ। यो कसरी सम्भव होला? शैतान त दुष्टता र पापको पिता हो तर परमेश्वर त पवित्र […]Read More
बाइबलले प्रष्ट पार्दछ कि पहिलो मानिस आदम हुन् (१ कोरिन्थी १५:४५)। साथै हव्वा नै सबै जीवितहरूका आमा हुन् (उत्पत्ति ३:२०)। अनि सबै मानिसहरूको एक रगत हुन्छ (प्रेरित १७:२६)। सबै मानिस आदम र हव्वाबाट आएका हुन्। उत्पत्ति ५:४ अनुसार आदमले कैन, हाबिल, र सेत बाहेक अरू छोराछोरीहरू पनि जन्माए। यहूदी परम्परा अनुसार यो विश्वास गरिन्छ कि […]Read More
असल र खराबको ज्ञान दिने रूख यदि अदनको बगैंचामा नभएको भए सायद संसारमा पाप नै आउने थिएन होला। यो प्रकारको विचार प्रत्येक विश्वासीलाई एक न एक चोटि त आएकै होला। साँच्चै परमेश्वरले त्यो असल र खराबको ज्ञान दिने रूख किन बनाउनुभएको होला? कारण के थियो? त्यो रूख नै नभएको भए फल हुनेथिएन, अनि फल नै […]Read More
पावल जो प्रेरित थिए, उनी रोमी हुन् या यहूदी? कारण प्रेरित २१:३९ अनुसार र प्रेरित २२:३ अनुसार पावल यहूदी बताइएको छ भने प्रेरित २२:२८ अनुसार त पावल रोमी बताइएको छ, यस कुरा मैले बुझ्न सकिँन। – प्रशंसा तिवारी, सिन्धुपाल्चोक पावल यहूदी हुन् (प्रेरित २१:३९, २२:३; २ कोरिन्थी ११:२२; फिलिप्पी ३:५)। तर नागारिकताको हिसाबमा उनी रोमी […]Read More
१ कोरिन्थी ७:३९ मा लेखिएको छ, पति बाचुञ्जेल पत्नी पतिको अधिनमा रहन्छ तर मरेपछि भने त्यसले जसलाई इच्छा गर्छे त्यससित विवाह गर्न स्वतन्त्र हुन्छे तर प्रभुमा मात्र। तब पवित्र विवाह पनि दुई तिन जनासँग हुन्छ र? – बि.बि, सानेपा बि.बि जी यहाँको प्रश्न चाखलाग्दो छ। पवित्र विवाह भन्नाले परमेश्वरबाट दुई व्यक्तिहरूलाई एक बनाइनु (मत्ती १९:६), […]Read More
मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्छन् भने येशू आउनुभन्दा अघि कोद्वारा बाँचे होलान्? – बल ब. लामा हो, मानिसहरू ख्रीष्टको क्रूसद्वारा मात्र बाँच्न सक्दछन्। बिना बलिदान (रगत) पाप क्षमा हुँदैन (हिब्रू ९:२२)। प्रकाश १३:८ ले येशू संसारको उत्पतिदेखि नै मारिनुभएको बताउँदछ। पाप क्षमाको निम्ति परमेश्वरले उत्पतिदेखि नै मानिसलाई बलिदानको आवश्यकता देखाउँदै आउनुभएको हो। त्यस बलिदानले […]Read More
मेल्किसेदेक जो बिनापिता, बिनामाता, बिनावंशका छन्, जसको न दिनहरूको शुरु छ, न जीवनको अन्त, तर परमेश्वरको पुत्र जस्तै तुल्याइए (हिब्रू ७:३)। यहाँ भन्न खोजिएको कुरा बुझ्न सकिएन। के मेल्किसेदेकको बुबा-मुमा थिएनन्? कि कसको बारेमा भनिएको हो? – एलिया न्यौपाने, इम्मानुएल चर्च, बाह्रविसे, सिन्धुपाल्चोक लेवीय पूराजाहारीगिरीको स्पष्ट वंशावली हुनुपर्थ्यो। पूजाहारी लेवी कुलबाटै हुनुपर्थ्यो तर लेवीय पूजाहारीमा […]Read More
के बप्तिस्मा नलिइकन कुनै मानिसले स्वर्ग जान सक्दैन? स्वर्ग जानलाई बप्तिस्मा नै लिनुपर्छ? – रमेश कुमार सुनुवार बप्तिस्मा नलिइकन मानिस स्वर्ग जान सक्छ। किनकि मानिस विश्वासद्वारा बचाइन्छ, कामद्वारा होइन। तैपनि एउटा ईशाईले बप्तिस्मा लिन्छ जुन ख्रीष्टसँगको उसको मृत्यु र पुनरुत्थानको स्वीकार हो। लूका २३:३९-४३ को खण्डमा येशू ख्रीष्टसँगै क्रूसमा टङ्गाइएको एक अपराधीले क्षमा पाउँदछ र […]Read More