प्रेरित ३:१९ मा लेखिएको छ, “यसकारण तपाईहरूका पापहरू मेटिनका लागि पश्चात्ताप गर्नुहोस्, र फर्कनुहोस्; तब प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्“ रोमीहरूको बोझिलो शासन मुनि रहेका यहूदिहरूको लागि ‘शीतल पार्ने समयहरू’ अर्थात् ‘बोझ हलुका हुने समय’ या ‘ताजापनको समयको’ विषयमा प्रेरित पत्रुस बताउँछन्। तर उनीहरूले सोचे जस्तो रोमीहरूको शासनबाट मुक्त भएर यो शीतल पार्ने समयहरू […]Read More
दानिएल २ अध्यायमा ठूलो अन्यौलताको घटना देखिन्छ। राजा नबुकद्नेस्सरले एउटा सपना देखेका छन् र उनले आफ्ना बुद्धिमान मानिसहरूलाई सपना र त्यसको अर्थ बताउन भनेका छन्। यो कार्य गर्न उनीहरू असमर्थ हुन्छन् र राजा क्रोधित हुँदै राज्यका सबै बुद्धिमान मानिसहरूलाई मार्ने उर्दि दिन्छन्। यो अत्यासलाग्दो परिस्थितिमा आँत्तिनु र निराश हुनुको साटो दानिएलले परमेश्वरलाई चिन्ने आफ्ना साथीहरूलाई […]Read More
हाम्रो समयमा चर्चलाई समाजले न्यूनतम र सीमान्तकृत गरिरहेको छ। शैतान र उसका गुन्डाहरू आक्रमणमा छन्। धेरै ख्रीष्टियनहरूले निष्क्रिय, यसलाई लिनुहोस् वा छोड्नुहोस् भन्ने दृष्टिकोण अपनाएका छन्। यो विश्वासीहरूले चर्चबाट एक कदम पछि हट्ने समय होइन! हामी अनन्तताको किनारमा बाँचिरहेका छौं र अब प्रत्येक चर्च सदस्यले आफ्नो स्थान खोज्ने र ख्रीष्टको कार्यलाई अगाडि बढाउन आफ्नो भूमिका […]Read More
यर्मिया १२:५ मा लेखिएको छ, “तिमी पैदल-सिपाहीहरूसँग दगुर्यौ, र तिनीहरूले तिमीलाई थकाइदिए भने कसरी तिमी घोडाहरूसँग होड गर्न सक्छौ? अनि शान्तिको देशमा नै, जसमा तिमी भरोसा राख्छौ, तिनीहरूले तिमीलाई थकाइदिए भने त यर्दनको बाढमा तिमी कसो गर्छौ?” परमेश्वरको सेवक यर्मिया निराश भएका थिए, थकित भएका थिए। इस्राएलीहरूलाई पटक पटक चेतावनी दिँदा पनि उनीहरू पश्चताप गर्दैनथे। […]Read More
प्रेरित ११:२६ मा लेखिएको छ, “…अनि चेलाहरू सबैभन्दा पहिले एन्टिओकमै ‘ख्रीष्टियान’ भनिए।” ख्रीष्टका चेलाहरूलाई पहिलो पटक एन्टिओकमा ‘ख्रीष्टियान’ नाम दिईयो; यरूशलेममा होइन तर एन्टिओकमा। एन्टिओकमा भएको स्थानीय चर्च एक प्रभावशाली बाइबलीय चर्च रहेको प्रष्ट हुँदछ। त्यस स्थानीय चर्च यति प्रभावशाली थियो कि उनीहरूको ख्रीष्टियन गवाहीले एन्टिओक शहर ढाकेको थियो। उनीहरूको ‘ख्रीष्ट जस्तो’ जीवन सबैको सामु […]Read More
१ राजा १९:१९-२१ को खण्डमा हामी एलीशाको बोलावटको घटना पाउँदछौं। सदाझैं एकदिन एलीशा आफ्नो खेतमा गोरू जोत्दै थिए। एलिया आउँछन् र आफ्नो खास्टो एलीशामाथि राख्छन्। एलीशाले कुरा बुझ्छन्। उनले आफ्नो गोरू बलि चढाउँछन्, जलाउँछन् र प्रभुको सेवा गर्न आफ्नो परिवारलाई छोडी एलियाको पछि लाग्छन्। जब एलीशाले परमेश्वरको बोलावट बुझे उनले यो पनि बुझे कि उहाँलाई […]Read More
पैसा/धनको बारेमा धेरै गलत बुझाइहरू छन्। कोहि पैसालाई सर्वेस्व ठान्छन् कोहि चाहिँ पैसा रहितको जीवनमा धार्मिकता देख्छन्। पैसा या धन आफैमा नराम्रो होइन तर त्यसको दुरूपयोगले, त्यसको लोभले चाहिँ समस्या ल्याउँदछ। एक ख्रीष्टियनले बुझ्नुपर्दछ कि सबै थोक परमेश्वरकै हो। पैसा या धन पनि उहाँकै हो, उहाँकै लागि सदुपयोग गरिनुपर्दछ। पैसाको लोभमा परेर, परमेश्वरलाई बिर्सी पैसाको […]Read More
शैतानले तपाईलाई मुक्तिको बारेमा शंका उत्पन्न गराउन कोशिश गर्दछ। उसले तपाईलाई के म साँच्चै ख्रीष्टियन हुँ र? भनी सोच्ने बनाउदँछ। तपाईले पहिले भन्दा केही फरक अनुभव नगरेको हुनाले केही भएको छैन भनी भन्दछ। त्यसपछि तपाईले पाप गर्नुहोला। तपाईको पुरानो स्वभावतिर फर्कनुहोला। ख्रीष्टियनले पाप गर्दैन भनी शैतानले तपाईमा शंकाको बीउ रोप्नेछ। जब शंका उत्पन्न हुँदछ, तपाईको […]Read More
विवाह मानिस जातिलाई परमेश्वरको विशेष उपहार हो! विवाहको विकल्प एक्लोपना हो, जसको विषयमा सर्वोच्च परमेश्वरले सृष्टिको सुरूवातमै फैसला दिनुभयो – “मानिस एक्लो रहनु असल होइन।” (उत्पत्ति २:१८) परमेश्वरको विरूद्धमा र विद्रोहमा लागेको संसारले परमेश्वरले असल भन्नुभएको कुरालाई खराब र खराब भन्नुभएको कुरालाई असल भन्नु अनौठो होइन। शैतानद्वारा भ्रमित यस संसारमा विवाह नगर्नु र विवाहलाई भ्रष्ट […]Read More
‘भोलि’ शब्द ‘अनिश्चय’ अनि ‘अज्ञानता’को प्रतिक हो। सायद भोलि कहिल्यै आउँदैन। भोलि हुने घटना-परिघटना को जान्दछ र? भोलि हुने घटना बारे तैपनि धेरैले अडकलबाजी गरेका हुन्छन्। भोलि बारे जान्न धेरैको जिज्ञाशा हुन्छ। भोलि के होला अर्थात् मेरो भविष्य के छ, कसो हो भन्ने संबन्धमा धेरैले जान्न चाहेका हुन्छन्। मानव जिज्ञाशाहरूको जवाफ दिन त्यसैले धेरैले हात […]Read More

