मेसोपोटामियामा भएको शिनारको बेसीमा मानिसहरू भेला भए र स्वर्गसम्म पुग्ने धरहरा बनाउन अघि बढे। उत्पत्ति ११ अध्यायले यस घटनाको वृतान्त दिँदछ। परमेश्वरको फल्दै फुल्दै पृथ्वीलाई ढाक्दै जानु भन्ने आज्ञालाई बेवास्ता गर्दै मानिसहरू यस बाबेलको धरहरा बनाउन एकजुट भए। बाबेलको धरहराले परमेश्वरको विरूद्धको मानिसको अभियानलाई चित्रित गर्दछ। बाबेलको धरहराले परमेश्वर विरूद्धको प्रणालीको चित्रण गर्दछ, जुन प्रणाली […]Read More
१ राजा १९:७ मा लेखिएको छ, “…उठ र खाऊ, किनभने तिम्रा निम्ति बाटो साह्रै लामो छ।” यस खण्डमा एलिया रानी इजबेलबाट भाग्दै छन्। भर्खरै कर्मेल डाँडामा परमेश्वरको सामर्थ्य अद्भूत रूपमा प्रकट भएको थियो। परमेश्वरलाई गुहार्नुको साटो एलिया उजाडस्थानतिर भागे। आफ्नो ज्यान जोगाउन भाग्दा भाग्दै उनी थकित भए, अनि उनी परमेश्वरलाई आफ्नो प्राण लिनोस् भनी भन्छन्। […]Read More
हितोपदेश १:७ मा लेखिएको छ, “परमप्रभुको भय नै ज्ञानको शुरू हो; तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्।” संसार ज्ञानको खोजमा डुबेको छ। ज्ञानको लागि नै सानैदेखि नानीहरूलाई धेरै खर्च गरेर आमाबुबाले स्कुल पठाउँछन्। ज्ञानकै खोजिमा धेरै वर्ष एक युवाले शैक्षिक संस्थाहरूमा समय बिताउँछ। शैक्षिक संस्थाहरू पनि ज्ञान र शिक्षा दिने वाचासहित राम्रै शुल्क लिन्छन्। […]Read More
प्रेरित ५:४२ मा लेखिएको छ, “अनि उनीहरूले दिनहुँ मन्दिरमा र घर-घरमा शिक्षा दिन र ‘येशू नै ख्रीष्ट हुनुहुन्छ’ भन्ने सुसमचार प्रचार गर्न छोडेनन्”। येशू ख्रीष्टको बौरीउठाइ पछि उहाँले चेलाहरूलाई सारा संसारमा सुसमचार प्रचार गर्न आज्ञा दिनुभयो। यसै आज्ञा अनुसार चेलाहरू ख्रीष्ट प्रचार गर्दै अघि बढ्न थाले। तर फरिसीहरू, सदुकीहरू लगायत यहूदि धर्मगुरूहरूलाई यो पटक्कै मन […]Read More
१. रोबर्ट बोयल Robert Boyle उनले भनेका थिए कि विज्ञानको गहिरो अध्ययनको उद्देश्य परमेश्वरको अझ उच्च महिमा नै हो। उनले ग्यास सम्बन्धि पहिलो नियम पत्ता लगाए। २. एन्टोइन लेभोइसर Antoine Lavoiser उनले पत्ता लगाए कि पानी हाइड्रोजन र अक्सिजनको मिश्रित तत्व हो। ३. माइकल फराडे Michael Faraday उनी एक मण्डलीका एल्डर थिए। उनले […]Read More
आज धेरै युवाहरू विज्ञानको भ्रमद्वारा ठगिएका छन्। आज संसार विज्ञानवादी भईरहँदा साँचो परमेश्वरलाई चिन्ने ज्ञानबाट टाढिएका छन्। मानिसहरू सोच्छन् कि – ‘बाइबल त पुरानो ग्रन्थ मात्रै हो’, ‘वर्तमान समय अनुसार यो छैन’, ‘बाइबललाई विश्वास गर्नेहरू अनपढ र रूडिबाज मान्नेहरू हुन्’, ‘बाइबल होइन आज विज्ञानलाई मान्दै जिउनुपर्छ’, आदि इत्यादि। तर यी सब भ्रमित विचारहरू हुन्। […]Read More
भजनसंग्रह ११९:७१ मा लेखिएको छ, “तपाईका नियमहरू सिक्न सकूँ भन्ने उद्देश्यले मैले जुन कष्ट भोगें, त्यो कष्ट मेरा लागि असलै भयो।” के कुनै कष्ट असल हुन सक्ला र? के तपाईले कुनै कष्ट भोग्नु भएको छ जुन असल भएको थियो। भजनसंग्रह लेखकले कसरी भन्न सक्छन् कि “त्यो कष्ट मेरा लागि असलै भयो?” या त उनी ढाँट्दैछन् […]Read More
भजनसंग्रह ८४:५,६ मा यस्तो लेखिएको छ, “धन्य हो त्यो मानिस, जसको सामर्थ्य तपाईमा छ, जसको हृदयमा राजमार्गहरू छन्। रूवाइको वेसीबाट भएर जाँदा उनीहरूले यसलाई मुहान तुल्याउँछन्; अँ, पहिलो वर्षाले यसलाई आशिषहरूले भरिदिन्छ।” के तपाई कहिल्यै रूवाइको वेसीबाट भएर जानुभएको छ? परमेश्वरका जनहरू पनि कहिले कहिँ यो रूवाइको वेसी भएर जानु पर्ने हुन सक्छ। आर्थिक, स्वास्थ्य, […]Read More
२ राजा १९:१४ मा लेखिएको छ, “अनि हिजकियाहले दूतहरूको हातद्वारा एउटा पत्र पाए, त्यो पत्र पढे। तब हिजकियाह माथि परमप्रभुको भवनमा गए, र परमप्रभुको सामु त्यो पत्र फैलाइदिए।” यस खण्डमा उल्लेखित घटना साह्रै जटिल थियो। यहूदिहरूको विरूद्धमा शक्तिशाली अश्शूरीहरूका फौज उठेको थियो। ती भयानक फौजले यरूशलेम घेरेको थियो। यहूदिहरूका राजा हिजकियाहलाई चेतावनी र धम्कीको पत्र […]Read More
भजनसंग्रह ४९:१७ मा लेखिएको छ, “किनकि जब त्यो मर्छ, त्यसले कही पनि बोकेर लैजानेछैन; त्यसको महिमा त्यसको पछि-पछि चिहानमा ओर्लनेछैन।” मानव जीवनको एक अकाट्य सत्य यो हो कि हामी यस संसारमा रित्तै आयौं र एक दिन रित्तै यस संसारबाट जानेछौं। संसारमा मानिसहरू धन र महिमा बढाउन अनि थुपार्न मरिमेट्छन्। परिश्रम गरेर होस् या भ्रष्टचार गरेर […]Read More

