लेखकः स्कट पलि (नेपालीमा अनुवादित) यस हप्ता, मैले एउटा विशेष सभामा पुनरुद्धार सुसमाचार प्रचारको विषयमा बोल्ने अवसर पाएँ। मेरो हृदय प्रोत्साहित भएको छ र नयाँ आशा पलाएको छ। ख्रीष्ट अझै, “जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थी हुनुहुन्छ” (हिब्रू ७∶२५)। सुसमाचारले आफ्नो शक्ति गुमाएको छैन, यसको सामर्थ्य “किनकि विश्वास गर्ने हरेकका लागि-मुक्तिका […]Read More
विलियम केरी एक वेलायति मिसनरी हुन् जसले भारतमा लामो समय सेवाकाइ गरेका थिए। उनलाई आधुनिक समयको मिसनरीहरूका पिता भनेर पनि चिनिन्छ। उनले भारतमा ख्रीष्टको लागि ठूलो प्रभाव पारे। उनी परिवारसाथ भारतमा आए र परमेश्वरको लागि निकै परिश्रम र मेहनत गरे। विशेष गरी सेराम्पुर भन्ने ठाउँमा उनले लामो समय बिताए। त्यहाँ उनले पिछडिएका नानीहरूका लागि विद्यालय […]Read More
“सत्य के हो?”, यूहन्ना १८:३८ मा पिलातसले येशूलाई यो प्रश्न सोधे। मानिसहरू सत्य जान्न चाहान्छन्। मानव सृष्टिको सत्यता, मानव अस्तित्वको उद्देश्यको सत्यता, मृत्युपछिको अवस्थाको सत्यता, इत्यादि। “सत्य के हो?” मानिसहरू सत्यको श्रोत विज्ञान हो भन्ने सोच्छन्। विज्ञानले नै सत्य-तथ्य बताउँछ, पत्ता लगाउँछ भन्ने सोच राख्दै मानिसहरू सत्य खोज्न र बुझ्न विज्ञानलाई आधार बनाउँछन्। तर वास्तविकता […]Read More
– पास्टर यू. जे. गुरूङ मण्डली इतिहास सम्बन्धमा मलाई पटक पटक सोधिएको एउटा प्रश्न छ, ‘कति किसिमका ख्रीष्टियनहरू पाइन्छन् संसारमा?’ त्रिभुवन विश्व विद्यालयका बुद्धिस्ट डिपार्टमेन्टमा मैले प्राध्यापन गर्दाताका मलाई तत्कालीन डिपार्टमेन्ट हेडले यही प्रश्न सोधेका थिए। हालैमा कुनै एक बाइबल कलेजबाट मास्टर्स गरेका एक युवाले सोधेका थिए, ‘ख्रीष्टियनहरू दुई किसिमका मात्र होइनन् र, क्याथोलिक र […]Read More
हाम्रो जीवनको उद्देश्य के हो? हामी यस संसारमा किन छौं? धेरै मानिसहरू संसारको व्यर्थतामा उद्देश्यहीन भई रूमल्लिरहेका हुन्छन्। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो उहाँले सिद्ध बनाउनुभयो। मानिस परमेश्वरको स्वरूपमा बनाईएको थियो। तर पापले कुरूपता ल्यायो। येशू ख्रीष्टको बलिदानद्वारा अब फेरि मानिस परमेश्वरसँगको मिलापमा आउन सक्छ र हरेक मुक्ति पाएकालाई “आफ्नै पुत्रको रूपमा ढाल्न” परमेश्वर चाहानुहुन्छ […]Read More
यर्मिया ३६ अध्यायमा एउटा चाखलाग्दो घटना हामी पढ्दछौं। परमेश्वरले यर्मियालाई इस्राएलको न्यायको विषयमा चेतावनीका वचनहरू दिनुहुन्छ। ती वचनहरू सुनेर इस्राएलीहरूले पश्चताप गर्नुपर्नेथ्यो। यर्मियाले बारूक मार्फत ती वचनहरू लिखित रूपमा बेरूवाको मुठामा उतारे। परमेश्वरको त्यो वचन इस्राएलीहरू, शासकहरू र राजा यहोयाकिमलाई सुनाइयो। तर परमेश्वरको वचन प्रतिको प्रतिक्रिया नकरात्मक हुन पुग्यो। आफ्नो हृदय च्यात्नु पर्नेथ्यो, पश्चताप गर्नुपर्नेथ्यो […]Read More
लेखकः नहूम – उनको नीजि जीवनको बारेमा अत्यन्तै थोरै मात्र थाहा छ। उनी यहूदाका भविष्यवक्ता थिए, तर यो पुस्तक अश्शूर साम्राज्यको राजधानी, निनबेको भविष्यवाणीसँग सम्बन्धित छ। मितिः यो पुस्तक ६६३–६१२ ई.पू.मा लेखियो। नहूमको सेवकाइको सुरुवातमा निनबे, विश्वको एउटा ठूलो शहर, थियो र अश्शूर राज्य, विश्वभरि प्रभुत्व जमाउने साम्राज्य, थियो। विषयवस्तुः “परमप्रभुले पापीहरुको न्याय […]Read More
लेखकः मिका– अर्थ “परमप्रभु जस्तो को छ र?” यो पुस्तक प्रश्नहरूले भरिएको छ, तर यसको चरमोत्कर्षण चाहिँ मिका ७:१८ को महान् प्रश्न हो, तपाई जस्तो परमेश्वरको छ र? (मिकाको नामलाई ध्यान दिनुहोस्) मिका मुलतः यहुदा र यरुशलेमका लागि भविष्यवक्ता थिए। मितिः यो पुस्तक ७३४–७२२ ई.पू. मा लेखिएको थियो। मिका यशैयाका समकालिन थिए। यशैया सायद मिका […]Read More
व्यवस्था ११:१२ मा लेखिएको छ, “…वर्षको शुरूदेखि वर्षको अन्तसम्मै परमप्रभु तिम्रा परमेश्वरका आँखाहरू सधैं त्यसमाथि रहिरहन्छन्।” हरेक वर्ष परमेश्वरको नियन्त्रणमा छ। हरेक वर्षको परमेश्वर उहाँ नै हुनुहुन्छ। व्यवस्था ११:८-१७ को खण्डमा कनान देश प्रवेश गर्न लागेका इस्राएलीहरूलाई परमेश्वरले मोशाद्वारा केहि सल्लाहहरू र चेतावनीहरू दिनुहुन्छ। उनीहरू नयाँ देशमा, उनीहरूको इतिहासको नयाँ अध्यायमा प्रवेश गर्दै थिए। यो […]Read More
प्रकाश २२:७ मा लेखिएको छ, “हेर, म चाँडै आउँछु!…” हाम्रा प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ! उहाँको दोस्रो आगमनको सत्यताले हाम्रो ख्रीष्टियन जीवनलाई सिधै प्रभाव पार्दछ। हामी कसरी जिउँछौं त्यसलाई यस तथ्यले सिधै असर गर्दछ। येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, र उहाँ जुनसुकै बेला आउन सक्नुहुन्छ। के हामी उहाँको आगमनको लागि तयार छौं? हामी कसरी ख्रीष्टको आगमनको […]Read More

